अभिनेत्री नीता ढुंगाना अचानक अस्पताल भर्ना – Janadesh Daily | ePaper

अभिनेत्री नीता ढुंगाना अचानक अस्पताल भर्ना


जनादेश अपडेट।

अभिनेत्री नीता ढुंगाना अस्पताल भर्ना भएकी छिन्। एपेन्डिसाइटिस भएपछि नीता काठमाडौंको मेडिसिटी अस्पतालमा भएकी हुन्।

नीताको आज (सोमबार) बिहान अप्रेसन गर्ने तयारी भइरहेको छ। मंगलबार पनि नीताको लाजिम्पाटमा हुने एक कार्यक्रममा सरिक हुने कार्यतालिका रहेकाे थियाे।

लाजिम्पाटमा भर्खरै सुरु गपिरएको म्यूम ब्यूटीपार्लरको उद्घाटनमा जाने क्रममा नीता बाटोमै बिरामी परेकी थिइन। बाटोमा अचानक पेट दुख्न थालेपछि उनलाई अस्पताल भर्ना गरिएको हो।

केही साता अघि मात्रै ज्योतिष हरिहर अधिकारीसँग विवाह गरेकी नीता फिल्म बनाउने तयारीमा छिन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्