मौसमः काठमाडौंमा दिनभर मौसम बदली र वर्षा, मनसुनी प्रणाली कमजोर बन्दै – Janadesh Daily | ePaper

मौसमः काठमाडौंमा दिनभर मौसम बदली र वर्षा, मनसुनी प्रणाली कमजोर बन्दै


जनादेश वेदर वाच।
काठमाडौंमा आज दिनभर मौसम बदली हुनेछ । दिनभर मौसम बदली हुने काठमाडौंमा हल्कादेखि मध्यम वर्षा हुनेछ । अपहराह्न पछि वर्षाको सम्भावना अधिक रहेको छ ।

“काठमाडौंमा आज बिहान पनि केही स्थानमा वर्षा भइरहेको छ । केही स्थानमा वर्षा हुन लागेजस्तो मौसम छ,” मौसमविद् विनु महर्जन भन्छिन्, “अपराह्नपछि यो वर्षाको सम्भावना झन धेरै हुनेछ ।”

केहीदिन अगाडिदेखी देशका विभिन्न स्थानमा भारी वर्षा भएकोमा केही कम हुन सुरु भइसकेको उनको भनाइ छ । उत्तरतर्फ रहेको न्यूनचापीय प्रणाली दक्षिण (नर्मल पोजिसन)तर्फ फर्किँदै गएकाले भारी वर्षा कम हुँदै गएको मौसमविद् महर्जनको भनाइ छ ।

आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्