बढ्दा उमेरमा कसरी रहने फिट ? – Janadesh Daily | ePaper

बढ्दा उमेरमा कसरी रहने फिट ?


उमेर बढ्दै गएपछि चयापचय (metabolism) प्रक्रिया सुस्त हुँदै जान्छ । ४० वर्ष उमेर कटेपछि मेटाबोलिजम सुस्त हुनुका साथै शरीरको तौल पनि बढ्न थाल्छ । तौल बढ्दा सर्वप्रथम पेटको बोसो बढेर पेट पुट्ट बाहिर निस्केको देखिन्छ ।

विशेषज्ञका अनुसार उमेर बढ्दै गएपछि टेस्टोस्टेरोन हर्मोनको मात्रा घट्न शुरु हुन्छ । त्यसकारण ४० वर्ष उमेर पुगेपछि खानपानमा विशेष ख्याल गर्न जरुरी हुन्छ । त्यसका लागि निम्न उपायहरु अपनाउन उपयुक्त हुने विशेषज्ञहरुको सुझाव छ :

१. खानामा फाइबरको मात्रा वृद्धि गर्ने : ४० वर्ष काटेपछि फाइबर बढी भएका खानाहरुमा जोड दिनुपर्छ । फाइबरयुक्त खानाले उच्च रक्तचाप, कोलेस्ट्रोल नियन्त्रणका लागि सहयोग पुग्छ ।

चना, राजमा, भटमास, बदाम, ब्रोकाउली, हरियो केराउ, बन्दाकोपी, फर्सी एभोकाडो, स्याउ, केरा, सुन्तला, स्टोबेरी आदि फाइबर बढी भएका खाद्यवस्तुहरु हुन् ।

२. खानामा प्रोटिन एवं होलग्रेन (अन्नको सम्पूर्ण भाग) समावेश गर्ने : अण्डा, माछा, मासु, दूध, चीज, पेस्ता, बदाम, कालो सिमी, ओट्स, अम्बा आदिमा प्रोटिन प्रशस्त पाइन्छ ।

गहुँ, जौ, चामल, मकै आदिको सम्पूर्ण भाग खानु फाइदाजनक हुन्छ । चोकरयुक्त गहुँको आँटा, गहुँको च्याँख्ला वा दलिया, ब्राउन राइस, वाइल्ड राइस, ओट्स आदि बजारमा खरिद गरेर खान सकिन्छ ।

३. स्वस्थ चिल्लो प्रयोग गर्नुपर्छ : ओलिभ आयल, एभोकाडो, विभिन्न खाद्यवस्तुका बियाँहरुमा स्वास्थ्यलाई फाइदा गर्ने तेल पाइन्छ । ४० वर्षको उमेरपछि कोलेस्ट्रोल बढ्ने सम्भावना धेरै हुन्छ ।

यसका अतिरिक्त डायबिटिज हुने, रक्तचाप बढ्ने, मोटोपन बढ्ने सम्भावना धेरै हुन्छ । यी समस्याबाट बच्नका लागि खानाको उचित छनौट गर्न जरुरी छ ।

बजारका जुनसुकै  तेल प्रयोग गर्नाले शरीरमा ट्रान्सफ्याटको मात्रा बढ्न सक्छ, जसले गर्दा मुटुसम्बन्धी अनेक किसिमका समस्या उत्पन्न हुन्छन् ।

४. खानामा झोल पदार्थको मात्रा बढाउने : यो उमेरमा झोल पदार्थ पर्याप्त मात्रामा खानु लाभदायक हुन्छ । यसले गर्दा शरीरका मांसपेशी तन्दुरुस्त हुन्छन् ।

मांसपेशी, मिर्गौलाले ठीकसँग काम गर्नका लागि पनि झोल पदार्थ पर्याप्त मात्रामा खान जरुरी हुन्छ । दैनिक २ देखि ३ लिटर पानी पिउनुपर्छ ।

यसका साथै ग्रिन टी, हरियो तरकारी र गेडागुडीको सुप, जुस, कागती पानी, नरिवल–पानी, मही आदि पनि सेवन गर्नु फाइदाकारक हुन्छ ।

५. ४० वर्ष लागेपछि निम्न वस्तुको सेवन नगर्नु उपयुक्त हुन्छ : क्याफिनयुक्त वस्तु (कफी, कोक आदि) सेवनले एसिडिटी बढ्ने, छाती पोल्ने भएकाले यस्ता वस्तु सेवन नगर्नु उपयुक्त हुन्छ ।

साथै तारेका खाना, पाकेटबन्द खाना एवं जंकफूड, तेल बढी भएका खाना, नुन बढी भएका खाना पनि खानु हुँदैन । मदिराले कलेजोको समस्या बढाउन सक्ने भएकाले यसको सेवन पनि नगर्नु उपयुक्त हुन्छ । साथै नियमित व्यायाम गर्नुपर्छ ।
स्रोत : ओन्ली माई हेल्थ

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्