घट्यो सुनचाँदीको मूल्य, तोलाको कति ? – Janadesh Daily | ePaper

घट्यो सुनचाँदीको मूल्य, तोलाको कति ?


सोमबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४ सय रुपैयाँले घटेको छ । तोलामा चार सयले घटेसँगै आज छापावाला सुन प्रतितोला ९७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ९०० रुपैयाँ तोकिएको छ ।

महासंघका अनुसार आज चाँदी पनि प्रतितोला १५ रुपैयाँले घटेको छ । आइतबार १ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदीको आज १५ रुपैयाँले घटेर १ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्