दक्षिण कोरियामा थप ६२ हजार सङ्क्रमित – Janadesh Daily | ePaper

दक्षिण कोरियामा थप ६२ हजार सङ्क्रमित


दक्षिण कोरियामा पछिल्लो एक दिनमा थप ६२ हजार जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६२ हजार ७८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन्।

योसँगै दक्षिण कोरियामा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरूको कुल सङ्ख्या दुई करोड १४ लाख १८ हजार ३६ पुगेको छ ।

केही दिन अगाडिसम्म दैनिक एक लाखको हाराहारीमा सङ्क्रमित हुने गरेकोमा अहिले भने घटेको पाइएको छ । अघिल्लो हप्ता औसतमा दैनिक सङ्क्रमितको सङ्ख्या एक लाख २४ हजार ८२९ रहेको थिय।

अहिले सङ्क्रमित अवस्थामा रहेका मध्ये ५२१ जनाको अवस्था गम्भीर रहेको छ । यो सङ्ख्या अघिल्लो दिनको भन्दा नौ बढी हो ।

दक्षिण कोरियामा कोरोनाका कारण पछिल्लो एक दिनमा ५० भन्दा बढीको मृत्यु भएको छ । त्योसँगै अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरूको सङ्ख्या २५ हजार ६७३ पुगेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्