५५ अंकले बढ्यो सेयर बजार, दुई अर्बको कारोबार – Janadesh Daily | ePaper

५५ अंकले बढ्यो सेयर बजार, दुई अर्बको कारोबार


सोमबार सेयर बजारमा हरियाली छाएको छ । सेयर बजार परिसूचक नेप्से ५५.८८ अङ्कले बढेर दुई हजार ०६५.८९ विन्दुमा पुगेको छ ।

बैंकिङ १६, विकास बैंक १९०, फाइनान्स १२५, होटल तथा पर्यटन ८४, जलविद्युत् १०५, जीवन बीमा १४३, उत्पादन २३, माइक्रोफाइनान्स १३६, निर्जीवन बीमा २५४, अन्य ८५ र ब्यापार ९० अंकले बढेको छ ।

आज राधी विद्युत् कम्पनी, रिभल फल्स पावर, मल्टिपर्पोज फाइनान्स र श्री इन्भेस्टमेन्ट फाइनान्सको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार उकालो लागे पनि आज रिडी हाइड्रोको सेयर भने १० प्रतिशतले घटेको छ ।

यस दिन २१५ कम्पनीको ६० लाख कित्ता सेयर दुई अर्ब ४३ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको २१ करोड रुपैयाँको सेयर किनबेच भयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्