बाबुराम र बामदेवको उद्धार, चुनाव चिन्हमा चुनाव लड्न दिन माओवादीको निर्णय – Janadesh Daily | ePaper

बाबुराम र बामदेवको उद्धार, चुनाव चिन्हमा चुनाव लड्न दिन माओवादीको निर्णय


नेकपा माओवादी केन्द्रले आफनो पार्टीको चुनाव चिन्ह्रमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानलाई आफ्नो पार्टीको चुनाव चिन्हबाट आगामी निर्वाचनमा भाग लिन दिने निर्णय गरेको छ ।

माओवादी पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादीको स्थायी समिति बैठकले बाबुराम र बामदेवको पार्टीलाई आफनो पार्टीको चुनाव चिन्ह्रमा चुनाव लड्न दिने गरी सहमति दिने निर्णय गरेको हो ।

माओवादी केन्द्रका प्रवक्ता कृष्णवहादुर महराले बामदेवको पार्टी र बाबुराम भटटराईको पार्टीलाई माओवादीको चुनाव चिन्ह्रमा चुनाव लड्ने गरी स्थायी समिति बैठकले अनुमोदन गरेको जानकारी दिए ।

यो निर्णयसँगै आजै दिउँसो निर्वाचन आयोग पुगेर माओवादी, नेपाल समाजवादी पार्टी र बामदेवको पार्टीले निर्वाचन आयोगलाइ जानकारी गराउनेछन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्