मा‌ओवादी सांसदको प्रश्नः अमेरिकी सेना बोलाएर के गर्न खोजेको ? – Janadesh Daily | ePaper

मा‌ओवादी सांसदको प्रश्नः अमेरिकी सेना बोलाएर के गर्न खोजेको ?


विश्व शक्ति राष्ट्रहरू टकराइ रहेको समयमा सरकारले अमेरिकी सेनालाई भित्र्याएको भन्दै एक सांसदले सरकारको जवाफ माग गरेका छन् । मंगलवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा माओवादी केन्द्रका सांसद हरिराज अधिकारीले अमेरिकी सेना नेपाल आएको बारे सरकारको जवाफ माग गरेका हुन् ।

‘हिजोमात्र हाम्रो एयरपोर्टमा १८ जना अमेरिकी सेना नेपाली सेनासँग संयुक्त अभ्यासका लागि आए भन्ने खबर छ । विश्वशक्ति राष्ट्रहरू टकराएको समयमा नेपाल सरकारले के गर्न खोजेको हो रु जवाफ चाहन्छु’, अधिकारीले भने ।

नेपाली सेनासँगको संयुक्त सैन्य अभ्यासका लागि १८ जना अमेरिकी सेना सोमवार नेपाल आएका थिए । अमेरिकी सेनासँग काठमाडौं र भक्तपुरमा सैन्य अभ्यास हुँदैछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्