कांग्रेस अब प्रचण्डको कार्यकर्ता मात्र रह्यो: ओली – Janadesh Daily | ePaper

कांग्रेस अब प्रचण्डको कार्यकर्ता मात्र रह्यो: ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी नरहेको बताएका छन् । पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘कांग्रेस कहिँकतैको लोकतान्त्रिक पार्टी रहेन । कांग्रेसले अब आफूलाई लोकतान्त्रिक पार्टी भन्नु बेकार छ,’ उनले भने, ‘कांग्रेस अहिले प्रचण्डको कार्यकर्ता हो ।’

कांग्रेस विचार, आचरण, नीति, सिद्धान्त र व्यवहार केहीमा पनि लोकतान्त्रिक नरहेको उनले दाबी गरे । उनले भने, ‘कांग्रेस इतिहासमा पनि पटक–पटक ठूलाठूला अलोकतान्त्रिक काम गरिआएको पार्टी हो । देशहित विपरीत काम गर्दै आएको छ । अनुभवबाट सिक्ला की भनेको झन् झन् बिग्रिँदै गएको छ । अब त कांग्रेस‘।। नभनौं ।’

अध्यक्ष ओलीले कांग्रेस प्रचण्डको पछिपछि दौडेको बताए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्