पूर्ण बन्यो माओवादीको स्थायी समिति, को-को परे ? (सूचीसहित) – Janadesh Daily | ePaper

पूर्ण बन्यो माओवादीको स्थायी समिति, को-को परे ? (सूचीसहित)


महाधिवेशन सकेको ९ महिनापछि नेकपा (माओवादी केन्द्र) ले स्थायी कमिटी सदस्यको नाम टुंगो लगाएको छ । माओवादीको १ भदौमा बसेको स्थायनीय कमिटीको बैठकले पार्टीको ४१ सदस्यीय स्थायी कमिटी बनाएको छ । माओवादीका एक स्थायी कमिटी सदस्यले दिएको जानकारी अनुसार नेकपाकालीन स्थायी कमिटी सदस्यहरूलाई निरन्तरता दिई ४१ सदस्यीय कमिटी बनाएको हो ।

नेकपाकालीन स्थायी कमिटी सदस्यको नाम भने १९ असारको केन्द्रीय कमिटी बैठकले टुंगो लगाएको थियो । १ भदौमा बसेको स्थायी कमिटी बैठकले महिला, मुस्लिम, दलितबाट समेत स्थायी कमिटीमा ल्याएको छ । यो पटक महिलाबाट ११ जना स्थायी कमिटी सदस्य भएका छन् ।

स्थायी कमिटी सदस्यको सूची
पुष्पकमल दाहाल ‘प्रचण्ड’
नारायणकाजी श्रेष्ठ
कृष्णबहादुर महरा
देव गुरुङ
वर्षमान पुन
जनार्दन शर्मा
पम्फा भुसाल
गणेश शाह
गिरिराजमणि पोखरेल
हरिबोल गजुरेल
शक्ति बस्नेत
चक्रपाणि खनाल
देवेन्द्र पौडेल
मात्रिका यादव
लिलामणि पोखरेल
हितमान शाक्य
हितराज पाण्डे
राम कार्की
कालीवहादुर मल्ल
खगराज भटट
जयपुरी घर्ती
ओनसरी घर्ती
शशी श्रेष्ठ
पूर्णकुमारी सुवेदी
अन्जना विसंखे
यशोदा सुवेदी गुरुङ
अमृता थापा
कमला रोक्का
रेखा शर्मा
उर्मिला अर्याल
श्रीराम ढकाल
हकिकुल्ला खाँ
महेश्वर गहतराज

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्