२७ अंकले बढ्यो सेयर बजार, दुई अर्बको कारोबार – Janadesh Daily | ePaper

२७ अंकले बढ्यो सेयर बजार, दुई अर्बको कारोबार


बिहिबार सेयर बजारमा हरियाली छाएको छ । सेयर बजार परिसूचक नेप्से २७.७२ अङ्कले बढेर दुई हजार ६८.४२ विन्दुमा पुगेको छ ।

बैंकिङ ७, विकास बैंक ११७, फाइनान्स ५३, होटल तथा पर्यटन ७, जलविद्युत् ७२, जीवन बीमा ५२, उत्पादन ५३, माइक्रोफाइनान्स ६१, निर्जीवन बीमा ५६, अन्य ३४ र व्यापार २२ अंकले बढेको छ ।

आज मन्दाकिनी हाइड्रो, अपर सोलु हाइड्रो, अपर हेवाखोला हाइड्रो र श्वेतगंगा हाइड्रोको सेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि सर्पोट लघुवित्तको सेयर भने ३ प्रतिशतले घटेको छ ।

यस दिन २२० कम्पनीका ५१ लाख कित्ता सेयर दुई अर्ब पाँच करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै रिडी हाइड्र्रोको १० करोड ४३ लाख रुपैयाँको सेयर किनबेच भयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्