वाइसिएलको राष्ट्रिय भेला, उद्घाटन प्रचण्डबाट – Janadesh Daily | ePaper

वाइसिएलको राष्ट्रिय भेला, उद्घाटन प्रचण्डबाट


जनादेश अपडेट।

सत्तारूढ नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल) को दोस्रो राष्ट्रिय भेला आज (शुक्रबार) बाट काठमाडौंमा सुरू हुँदैछ। प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने भेलाको उद्घाटन बिहान ११ बजे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने कार्यक्रम छ।

भेलाले नयाँ नेतृत्व चयन गर्नेछ। भेलामा भुगोल तथा गैरभुगोल जिल्ला, प्रदेशबाट ६ सय प्रतिनिधि सहभागी रहनेछन्। भेलामा राजनीतिक प्रतिवेदन, विधान संशोधन, समसामयिक राजनीतिक प्रस्तावमा व्यापक छलफल र बहसद्वारा सर्वसम्मत पारित गर्नेछ।

विधान अनुसार केन्द्रीय समिति, पदाधिकारी सर्वसम्मत निर्वाचित गरिने वाइसिएलका संयोजक सुमन देवकोटाले जानकारी दिए।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्