विवाह बन्धनमा बाँधिए किरण चेम्जोङ – Janadesh Daily | ePaper

विवाह बन्धनमा बाँधिए किरण चेम्जोङ


नेपाली फुटबल टिमका पूर्वकप्तान किरण चेम्जोङ विवाह बन्धनमा बाँधिएका छन्।

चेम्जोङले प्रेमिका कञ्चन निरौलासँग आज लगनगाँठो कसेका हुन् । उनीहरुले विवाहमा सीमित आफन्तलाई मात्र बोलाएका छन् । उनीहरुको बालुवाटारस्थित एक ब्याङकेटमा विवाह भइरहेको छ । उनीहरुले सोमबार हल्ली मेहेन्दीको कार्यक्रम गरेका थिए । पूर्वकप्तान चेम्जोङ शेरबानीमा सजिएका छन् ।

चेम्जोङका प्रेमिका एती एअरलाइन्समा एअर होस्टेज हुन् । गत साउन १७ मा चेम्जोङ सहभागी माजिया स्पोर्टस एन्ड आरसीले माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि जितेपछि किरणले टिमकै अगाडि प्रेमिकासँग ‘ईंगेजमेन्ट’ गरेका थिए ।

बुझिएअनुसार विगत डेढ वर्षदेखि किरण र कञ्चन प्रेममा छन् । यसअघि नेपालले थ्री नेसन्स कप जितेपश्चात किरणले उपाधि उचाल्दा कञ्चन पनि फ्रेममा देखिएकी थिइन् । उनीहरूको भिडिओ टिकटकमा आएको थियो । यद्यपि, आधिकारिकरूपमा उनीहरूले आफ्नो प्रेम सम्बन्ध उजागर गरेका थिएनन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्