लायन्स क्लव अफ राप्ती इञ्जिनियरिङको आयोजनामा योग विज्ञान प्रशिक्षण शुुरु – Janadesh Daily | ePaper

लायन्स क्लव अफ राप्ती इञ्जिनियरिङको आयोजनामा योग विज्ञान प्रशिक्षण शुुरु


जनादेश, लुम्बिनी प्रदेश ।

घोराही, लायन्स क्लब अफ राप्ती इञ्जिनियरिङको आयोजना तथा पतञ्जली सेवा समितिको सहयोगमा नियमित गरौ योग, सधै रहौ निरोग भन्ने मुल नाराको सात दिने योग विज्ञान शिविर राप्ती इञ्जिनियरिङ कलेजको सभा हलमा शुुरु भएको छ । योग विज्ञान प्रशिक्षणको शुुक्रबार एक समारोहका बीच लायन्स क्लव इन्टरनेशनल ३२५ ल् का प्रथम भाइस गर्भनर एम.जे.एफ.लायन मुकुट ढकालले उद्घाटन गरेका हुन् ।

उद्घाटनमा प्रमुख अतिथि First Vice District Governor  लायन ढकालले व्यक्तिको सर्वार्णिङ विकासमा योग विज्ञानको सहयोग लिन सके मानव अस्तित्वलाई अझ फलदायी बनाउन सहयोग पुग्ने बताएका हुन । ढकालले, सात दिन सम्म चल्ने योग शिविरमा सबै जना सक्रिय पूर्र्वक सहभागी हुन आग्रह गर्न गर्नु भयो । कार्यक्रमका विशिष्ट अतिथि पतञ्जली योग समिति लुम्बिनी पदेशका अध्यक्ष प्रभारी प्रेम शाहले योग विज्ञानले मानिसको समग्र विकासमा सहयोग पु¥याउने बताए । कार्यक्रमका अर्का अतिथि घोराही उप–महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष तारा बहादुर डि.सी.ले योग विज्ञान शिविरको माध्यामद्धारा मानवमा देखिने सम्पूर्ण समस्याहरुलाई निराकरण गर्न सकिने भएकोले यसलाई सबैले निरन्तरता दिनु पर्नेमा जोड दिए ।

लायन्स क्लव इन्टरनेशनल ३२५ ल् एरिया नं २ का Region Chair Person एवं लायन्स क्लब अफ राप्ती इञ्जिनियरिङ संस्थापक अध्यक्ष एम.जे.एफ.लायन डा.भीमसेन गिरीले स्वागत मन्तव्यका क्रममा नियमित योग गर्नाले हरेक मानिस स्वस्थ रहन सहयोग गर्दछ । स्वास्थ्यको ख्याल नगर्ना कारणले समान्य देखि जटिल रोगी भई अकालमै मृत्युसमेत हुने गरेको यसबाट बच्नको लागि योग गर्न जरुरी रहेकोले सबै जना योग प्रशिक्षणमा भाग लिन आग्रह गरेका थिए । डा.गिरीले कलेजको वरिपरी रहेका टोलमा बसोबास गर्न आमा बुवा दाजुभाई तथा दिदी बहिनीहरुको स्वाथ्य स्वस्थ्य राख्नको लागि योगको आयोजना गरिएको बताए । एक प्रसंमा डा. गिरीले एक हप्ते योग विज्ञान प्रशिक्षणले हरेक मानवको सोचाइमा सकारात्मक प्रभाव पार्न मद्दत गर्नेछ भन्ने कुरामा विश्वास व्यक्त गरेका थिए ।

लायन्स क्लव अफ घोराही सिटीका अध्यक्ष लायन पवन योगी, पतञ्जली योग समितिका दाङका अध्यक्ष उदय डाँगी, लायन्स क्लव अफ राप्ती इञ्जिनियरिङका पूर्व अध्यक्ष तथा राप्ती इञ्जिनियरिङ कलेजका प्रिन्सिपल लायन रेशम गिरी, पतञ्जली योग समिति दाङका महासचिव माधव सुवेदी, पतञ्जली योग समिति महिला जिल्ला कोषाध्यक्ष यमा गौतम, पतञ्जली योग समिति नगर मिडिया प्रभारी बसन्ती ढकाल, योग प्रशिक्षक विष्णु ढकाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

लायन्स क्लब अफ राप्ती इञ्जिनियरिङ अध्यक्ष मधसदन बैद्यको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण लायन्स क्लव अफ राप्ती इञ्जिनियरिङका सचिव लायन धनेश्वर चौधरीले गरेका थिए । योग प्रशिक्षण कार्यक्रममा मुना, शक्ति, सानीअम्बापर, मित्रनगर, सिर्जना, सर्रा र इञ्जिनियरिङ टोलका करिब १२० जनाको सहभागिता रहको थियो ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्