शिक्षा: सुदूरपश्चिम विश्वविद्यालद्धारा स्नातक, स्नातकोत्तर तहका कार्यक्रममा भर्ना खुल्यो – Janadesh Daily | ePaper

शिक्षा: सुदूरपश्चिम विश्वविद्यालद्धारा स्नातक, स्नातकोत्तर तहका कार्यक्रममा भर्ना खुल्यो


जनादेश सुदरपश्चिम प्रदेश । सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयले स्नातक तह प्रथम सेमेस्टरमा विद्यार्थी भर्नाका लागि आवेदन माग गरेको छ । विश्वविद्यालयले शैक्षिक सत्र २०७९/०८० का लागि व्यवस्थापन, मानविकी तथा सामाजिक शास्त्र, शिक्षाशास्त्र, विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, कृषि र कानुन संकाय अन्तर्गत स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रममा विद्यार्थी भर्नाका लागि आवेदन माग गरेको हो ।

त्यसैगरी स्नातकोत्तर तह प्रथम सेमेष्टरमा व्यवस्थापन, मानविकी तथा समाजशास्त्र र शिक्षाशास्त्र संकाय अन्तर्गत सञ्चालित विभिन्न शैक्षिक कार्यक्रमहरुमा शैक्षिक सत्र २०७९/०८० का लागि नयाँ विद्यार्थी भर्नाका लागि आवेदन माग गरेको छ ।

इच्छुक विद्यार्थीहरुले संकाय र शैक्षिक कार्यक्रम अनुसार भदौं २६ गतेदेखि प्रवेश परीक्षका लागि आवेदन फाराम बुझाउन सकिने जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्