विश्वविद्यालयहरुका पाठयक्रमहरु परिमार्जन गर्न ढिला भैसक्योः उपकुलपति अर्याल – Janadesh Daily | ePaper

विश्वविद्यालयहरुका पाठयक्रमहरु परिमार्जन गर्न ढिला भैसक्योः उपकुलपति अर्याल


जनादेश, काठमाण्डौ । पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले विश्वविद्यालयहरुका पाठयक्रमहरु परिमार्जन गर्न ढिला भैसकेको बताउँनु भएकोछ । कलेज रिर्डसले आयोजना गरेको भर्चुअल शैक्षिक मेला २०२२ को उद्घाटन गदै उक्त कुरा बताउँनु भएको हो ।

उहाँले अगाडि भन्नु भयो, “पोखरा विश्वविद्यालयका अांगीक कलेजहरु र सम्बन्धन प्राप्त कलेजहरुमा संचालनमा रहेका केही कार्यक्रमहरुमा विद्यार्थी भर्ना हुन नसेका कारणले ती कार्यक्रमहरुको पाठ्यक्रम परिमार्जन गर्नु आवश्यक छ । विश्वविद्यालयबाट फेजआउट भएका कार्यक्रमहरुको सट्टा नयाँ कार्यक्रम बनाएर विद्यार्थी भर्ना गर्नसके बजारले माग गरेको जनशक्ति उत्पादन गर्न सकिन्छ र कलेजहरुले पनि विद्यार्थी पाउँन गाह्रो पर्ने छैन् ।”

“पोखरा विश्वविद्यालयका अांगीक कलेजहरु र सम्बन्धन प्राप्त कलेजहरुको भौतिक र प्राविधिक पूर्वाधार अत्यन्त राम्रो पाइएको छ । अब सबै कलेजहरुले त्यो पूर्वाधारको प्रयोग गरेर अनुसंधानमा आधारित शिक्षण सिकाई गर्नु पर्दछ । गुणस्तरीय शिक्षा पोखरा विश्वविद्यालयको एकमात्र उद्देश्य र लक्ष रहेको,” उपकुलपति प्रा.डा. अर्यालले बताउँनु भएको छ ।

उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्दै पोखरा विश्वविद्यालयका रजिष्टार प्रा.डा. भण्डारीले भन्नु भयो, पोखरा विश्वविद्यालयले विस्तृत परियोजना प्रतिवेदन तयार गरेको छ र अब त्यस परियोजनामा आधारित भएर विश्वविद्यालयले आफ्ना कार्यक्रमहरु संचालन गर्ने छ । यसले विश्वविद्यालय र सम्बन्धन प्राप्त कलेजहरुको स्तरउन्नतिमा सहयोग पुग्नेछ ।

कार्यक्रममा बोल्दै एकोनका अध्यक्ष प्रा. ई. हिरन्यमान प्रधानले भन्नु भयो, एमआइटी, स्ट्याण्डफोड, हार्डवड, नासा, माइक्रोसफ्ट, गुगल जस्ता नाम चलेका विश्व प्रख्यात संघ संस्थाहरुमा हाम्रा नेपाली विद्यार्थीहरुले रोजगारी प्राप्त गर्न सफल भएकोले नेपालको शिक्षा गुणस्तरीय भएको प्रमाणीत हुन्छ । तर यसलाई कायम राख्नका लागी कलेहरुमा विद्यार्थी राजनिति गर्न बन्द गरिनु पर्दछ ।”

कार्यक्रममा आफ्नो भनाई राख्दै वेष्ट भर्जिनिय विश्वविद्यालयका प्रा.डा. योगेन्द्र पन्तले भन्नु भयो, विद्यार्थीहरुको शिक्षण शिकाईमा सुधार ल्याउनका लागी कलेजहरुमा आईटी क्लब, इन्जिनियरिड. क्लब, सामाजिक क्लाब संचालनमा ल्याउनु पर्दछ जसले विद्यार्थीहरुमा ज्ञान स्थानान्तरण गर्न सहयोग गर्दछ । कलेज, विद्यार्थी र शिक्षकहरुको कार्यसम्पादन मुल्याड.कन हुनु आवश्यक हुन्छ ।

उक्त कार्यक्रममा बोल्दै हिसानका अध्यक्ष नवराज सिलवालले भन्नु भयो, विश्वविद्यालयहरुले सम्बन्धन प्राप्त कलेजहरुलाई पनि संगसगै लिएर गएमामात्र विश्वविद्यालयको गरिमा बढछ ।

चिकित्सा शिक्षा आयोग बनेदेखि स्वास्थ्य तर्फका शैक्षिक कार्यक्रमहरुमा विद्यार्थी भर्ना बन्द भएको छ । अतः यस्ता अनुगमनका नाममा खोलीएका संस्थाहरु राज्यले बन्द गर्नु पर्ने , ओपेनका अध्यक्ष नवराज पाण्डेले बताउँनु भएको छ ।

उक्त कार्यक्रम ओपेन, हिसान र पोखरा विश्वविद्यालयको सहकार्यमा कलेज रिडर्सले आयोजना गरेको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्