लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) – Janadesh Daily | ePaper

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)


१. विश्व बैङ्कद्वारा २०७७ साउन ८ मा जारी ‘नेपाल डेभलपमेन्ट अपडेट’ अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा नेपालको आर्थिक वृद्धिदर कति रहेको उल्लेख छ ?
-१.८ प्रतिशत ।
– तीन वर्षमा निरन्तर ६.५ प्रतिशत माथिको वृद्धिदर रहेकोमा कोभिड–१९ सङ्क्रमण रोकथामका लागि जारी गरिएको बन्दाबन्दीका कारण गत आवमा वृद्धिदर प्रभावित भएको विश्व बैङ्कले जनाएको ।
– बैङ्कले चालु आवको आर्थिक वृद्धिदर २.१ प्रतिशत रहने प्रक्षेपण गरेको ।

२. चीनले मङ्गल ग्रहको अध्ययनका लागि तियानवेन–१ अन्तरीक्ष यान कहिले प्रक्षेपण गरेको हो ?
-सन् २०२० जुलाई २३ ।
– सो यानलाई हेनान प्रान्तस्थित अन्तरीक्ष प्रक्षेपण केन्द्रबाट लङमार्च ५ मार्फत प्रक्षेपण गरिएको ।
– पाँच टन वजनको तियानवेन–१ करिब सात महिनापछि सन् २०२१ फेब्रुअरीमा पृथ्वीमा फर्कने जनाइएको ।
– यस मिसनमा एउटा मार्स अर्विटर, एउटा ल्यान्डर र एउटा रोभर रहेको ।
– यी उपकरणको मद्दतबाट मङ्गल ग्रहको माटोको अध्ययन गरिने चिनियाँ वैज्ञानिकले बताएका ।

३. आन्तरिक राजस्व विभागले स्थायी लेखा नम्बर (पान) वितरणमा बायोमेट्रिक प्रणाली पहिलो चरणमा कहाँ लागू गरेको छ ?
-काठमाडौँ उपत्यका ।
– पहिलो चरणमा काठमाडौँ उपत्यकाभित्रका करदाता सेवा कार्यालयमा आव २०७७÷७८ देखि यो प्रणाली सुरु गरिएको ।
– हाललाई विपान (व्यावसायिक स्थायी लेखा नम्बर) उपलब्ध गराउँदामात्र यस्तो प्रणाली कार्यान्वयनमा ल्याइएको ।
– बायोमेट्रिक प्रणाली बिस्तारै देशैभरका करदाता सेवा कार्यालयमा लागू गरिने ।

४. ३२औँ ओलम्पिक खेल कहिले र कहाँ आयोजना गरिने भएको छ ?

-सन् २०२१ जुलाई २३–अगस्ट ८, जापान ।

५. भन्सार विभागद्वारा २०७७ साउन ११ मा सार्वजनिक आव २०७६÷७७ को व्यापार तथ्याङ्कअनुसार नेपालको व्यापार घाटा कति रहेको छ ?
-रु. ११ खर्ब ६४ करोड ।
– विभागका अनुसार आव २०७५/७६ मा १३ खर्ब २१ अर्ब रुपियाँ रहेको नेपालको व्यापार घाटा कोरोनाका कारण आयात निर्यात प्रभावित हुन पुग्दा आव २०७६/७७ मा ११ खर्ब ६४ करोड कायम भएको ।
– समग्र आयात १५.६३ प्रतिशतले घटेर समीक्षा अवधिमा ११ खर्ब ९६ अर्ब रुपियाँ पुगेको । अघिल्लो आवमा नेपालले १४ खर्ब १८ अर्ब रुपियाँको वस्तु आयात गरेको थियो ।
– नेपालले आव २०७६/७७ मा ९६ अर्ब १५ करोड रुपियाँको वस्तु निर्यात गरेको, जुन अघिल्लो आबको तुलनामा ०.९८ प्रतिशतले कम रहेको ।
– नेपालबाट निर्यात हुने वस्तुको ठूलो हिस्सा पाम तेलले ओगटेको । नेपालले मलेसिया तथा इन्डोनेसियाबाट कच्चा पाम ल्याएर प्रशोधित गरेर भारतमा बिक्री गर्दै आएको ।
– विभागको तथ्याङ्कअनुसार नेपालको समग्र अन्तर्राष्ट्रिय व्यापारमा १४.६९ प्रतिशतको ह्रास आएको ।

प्रमुख पाँच व्यापार साझेदार
– भारत, चीन, इन्डोनेसिया, अमेरिका, युएई
प्रमुख पाँच आयातित वस्तु
– डिजेल, अप्रशोधित फलाम तथा स्टिल, पेट्रोल, एलपी ग्यास, चामल
प्रमुख पाँच निर्यातित वस्तु
– पाम तेल, भटमासको तेल, गलैँचा, ऊनी कपडा, जुट

६. सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको बन्दाबन्दी (लकडाउन) कहिलेदेखि अन्त्य गरिएको हो ?
-विक्रम संवत् २०७७ साउन ७ (विसं २०७६ चैत ११ देखि जारी) ।
– २०७६ चैत ११ गतेदेखि गरिएको बन्दाबन्दी पछिल्लोपटक साउन ६ गते मध्यरातसम्मका लागि जारी थियो ।
– सङ्क्रमण नियन्त्रणमा रहेको भए पनि जोखिम कायमै रहेकाले औपचारिक बन्दाबन्दी अन्त्य गरिए पनि कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी व्यवस्था यथावत् राखिएको ।
– चार महिना लामो बन्दाबन्दी अन्त्यको घोषणासँँगै सर्वसाधारणलाई राहत महसुस भएको ।
– विश्वव्यापी प्रभावजस्तै नेपालमा पनि कोरोनाका कारण हरेक क्षेत्र असहज बन्न पुगेको ।
– सरकारले अन्य देशको अनुभव तथा नेपालमा सङ्क्रमणको विद्यमान अवस्था मूल्याङ्कन गरी बन्दाबन्दी अन्त्य गरेकाले अर्थतन्त्र र नागरिक जीवनमा यो निर्णयले सकारात्मक परिणाम दिने अपेक्षा गरिएको ।

७. उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिको गठन कहिले गरिएको हो ?
-विसं २०७६ फागुन १७ ।

८. संयुक्त राष्ट्रसङ्घको आह्वानमा विभिन्न मुलुकमा शान्ति सेना पठाउने राष्ट्रहरूमा नेपाल कतिऔँ स्थानमा रहेको छ ?
-चौथो (विसं २०७६ फागुन २३ देखि, यसभन्दा अघि नेपाल पाँचौँ स्थानमा रहेको ।)

९. कोरोना भाइरसबारे छलफल गर्न विश्व स्वास्थ्य सङ्गठनले स्वीट्जरल्यान्डको जेनेभामा स्वास्थ्य विशेषज्ञ वैज्ञानिकहरूको सम्मेलन कहिले गरेको हो ?
-सन् २०२० फेब्रुअरी १२ ।
(सम्मेलनले कोरोना भाइरस महामारीको औपचारिक नाम कोभिड–१९ तय गरेको ।)

१०. कोभिड–१९ महामारीविरुद्ध लड्नका लागि सार्क आपतकालीन कोषको घोषणा कहिले गरिएको हो ?
-सन् २०२० मार्च १५ ।

११. लकडाउनको अवज्ञा गर्नेलाई पक्राउ गर्न नेपाल प्रहरीद्वारा प्रयोगमा ल्याइएको उपकरण ‘एमएआरडी’को पूरा रूप के हो ?
-मल्टी फङ्सनल अरेस्ट एन्ड रेस्क्यु डिभाइस ।

१२. चीनको वुहानबाट सुरु भएको कोरोना सङ्क्रमण नेपालमा पहिलोपटक कहिले देखिएको हो ?
-विसं २०७६ माघ १० ।

१३. ‘विपत्तिले मानव बनाउँछ भने सम्पत्तिले दानव’ भन्ने विद्वान् को हुन् ?
-भिक्टर ह्युगो ।

१४. नेपाल खाद्य संस्थान र नेसनल ट्रेडिङ लिमिटेड एक–आपसमा मर्ज भई ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी’को स्थापना कहिले भएको हो ?
-विसं २०७६ साउन २८ ।

१५. नेपालमा पहिलोपटक ऐतिहासिक संविधानसभाको निर्वाचन कहिले भएको हो ?
-विसं २०६४ चैत २८ ।

१६. राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कहिलेबाट थालनी भएको हो ?
-आव २०७६÷७७ ।

१७. बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेसनलको एसिया प्यासिफिक सम्मेलन हालै कहाँ सम्पन्न भयो ?
-नेपाल (सन् २०२० मार्च) ।

१८. सन् २०२० फेब्रुअरी २ मा मनाइएको विश्व सिमसार दिवसको नारा के हो ?
-सिमसार र जैविक विविधता ।

१९. आप्रवासी कामदारको मानवअधिकार संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना काठमाडौँमा कहिले गरियो ?
-विसं २०७६ कात्तिक २६–२८ ।

२०. नेपाल राष्ट्र बैङ्कले व्याजदर करिडोर कहिलेदेखि लागू हुनेगरी कार्यान्वयनमा ल्याएको हो ?
-विसं २०७४ कात्तिक २९ ।

२१. आयामेली कवि भनेर तिलविक्रम नेम्वाङ (वैरागी काइँला) लाई चिनिन्छ भने ‘आधुनिक कवि’ भनी कसलाई चिनिन्छ ?
-गोपालप्रसाद रिमाल ।

२२. नारायणहिटी दरबार सङ्ग्रहालयमा श्रीपेचको अवलोकन सर्वसाधारणका लागि कहिलेदेखि खुला गरिएको हो ?
-विसं २०७५ कात्तिक ४ ।
(विसं २०७५ असोज २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकन गरेसँगै नयाँ व्यवस्थाअन्तर्गत कात्तिक ४ गतेबाट श्रीपेच सर्वसाधारणका लागि अवलोकन खुला गरिएको ।)

२३. सत्यनिरूपण तथा मेलमिलाप आयोगको स्थापना कहिले गरिएको हो ?
-विसं २०७१ माघ २६ ।
(बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको स्थापना पनि २०७१ माघ २६ मा नै भएको ।)

२४. सार्वजनिक खरिद नियमावली–२०६४ को नवौँ संशोधन कहिले भएको हो ?
-विसं २०७६ पुस १४ ।

२५. नेपालमा औद्योगिक गणनाको थालनी कहिलेदेखि भएको हो ?
-विसं २०२२ ।
– नेपालमा प्रथम औद्योगिक गणना विसं २०२२ मा गरिएको ।
– औद्योगिक गणना प्रत्येक पाँच–पाँच वर्षमा गरिने ।
– २०७६ फागुन १५ देखि ११औँ औद्योगिक गणना सुरु भएको ।

२६. नेपालमा कहिलेसम्म दादुरा–रुबेला रोग उन्मूलन गर्ने सरकारी योजना रहेको छ ?
-सन् २०२३ भित्र ।

२७. पेट्रोलियम अर्थात् खनिज तेलको मूल्यका सम्बन्धमा रूस र साउदी अरबबीच चलेको युद्धलाई के भनी चिनिन्छ ?
-प्राइस वार ।

२८. वैदेशिक व्यापारमा भन्सार विभागद्वारा लागू गरिएको निकासी पैठारीका लागि पहिचान हुने नम्बरलाई के भनिन्छ ?
-एक्जिम कोड ।

२९. स्वीट्जरल्यान्डको डाभोसस्थित वल्र्ड इकोनोमिक फोरमद्वारा प्रदान गरिएको योङ ग्लोबल लिडर्स अवार्ड–२०२० बाट सम्मानित नेपाली युवा को हुनुहुन्छ ?
-प्रदीप परियार ।

३०. राष्ट्रपतिको कार्यकाल लम्ब्याउन सकिने प्रावधानसहित रूसको संसद्ले संविधान संशोधन प्रस्तावलाई कहिले स्वीकृति प्रदान गरेको हो ?
-सन् २०२० मार्च ११ ।
– संशोधित प्रावधानअनुसार राष्ट्रपति भ्लादमिर पुटिनको कार्यकाल अरू १२ वर्ष थपिन सक्ने भएको ।
– राष्ट्रपति पुटिनको कार्यकाल सन् २०२४ मा समाप्त हुँदै छ । नयाँ प्रस्तावअनुरूप सन् २०२४ पश्चात् अरू १२ वर्ष राष्ट्रपति हुन पाउने
बाटो खुलेको ।
– दुईपटक चारवर्षे कार्यकाल राष्ट्रपति भएपछि सन् २००८ मा प्रधानमन्त्री बनेको र राष्ट्रपतिमा उहाँकै विश्वासपात्र दिमित्री मेद्भेदेव छनोट भएका । तत्कालीन राष्ट्रपति मेद्भेदेवको कार्यकालमा राष्ट्रपतिको कार्यकाल ६ वर्ष बनाइएको । सन् २०१२ मा पुटिन पुनः राष्ट्रपति चयन भएका र सन् २०१८ मा उनी फेरि ६ वर्षका लागि राष्ट्रपति बनेका ।
– रूसको तल्लो सदन डुमाले गरेको संशोधन प्रस्तावले सरकारको कार्यकारी शक्ति अरू मजबुत गर्ने तथा राष्ट्रपतिको अधिकार क्षेत्र थप व्यापक बन्ने भएको ।

-गोरखापत्र दैनिकबाट

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्