स्थानीय तह निर्वाचन खर्च विवरण नबुझाउने प्युठानका ८९० उम्मेदवारलाई जरिवाना – Janadesh Daily | ePaper

स्थानीय तह निर्वाचन खर्च विवरण नबुझाउने प्युठानका ८९० उम्मेदवारलाई जरिवाना


सलिम मिया, विजुवार । स्थानीय तह निर्वाचन खर्च विवरण नबुझाउने प्युठानका जनप्रतिनिधि तथा उम्मेदवारलाई जरिवाना तोकिएको छ । उम्मेदवार बनेर तोकिएको समयमै निर्वाचन खर्च विवरण नबुझाएका ८ सय ९० जनालाई कारबाही स्वरूप जरिवाना तोकिएको जिल्ला निर्वाचन कार्यालय प्युठानका निर्वाचन अधिकारी देवीराम पाठकले जानकारी दिनुभयो ।

जिल्लाका ९ वटा स्थानीय तहमध्ये सरुमारानी गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्मा, मल्लरानी गाउँपालिका अध्यक्ष कृष्णबहादुर खड्का र झिमरुक गाउँपालिका अध्यक्ष पीतबहादुर एमसीले मत परिणाम सार्वजनिक भएको ३० दिनभित्र खर्च विवरण पेस गर्नुभएको थियो ।

जिल्ला निर्वाचन कार्यालय प्युठानका अनुसार ३१ जनाले समयमै र एक सयजना उम्मेदवारले ढिला गरी खर्च विवरण पेस गर्नुभएको थियो । स्थानीय तहको निर्वाचनमा प्युठानमा ९ सय २१ जना उम्मेदवार बनेकामध्ये ५ सय ९९ जनाले मात्र स्पष्टीकरण पेस गर्नुभएको थियो । बाँकी १ सय ११ जना उम्मेदवार आयोगले सोधेको स्पष्टीकरणको जवाफ नदिएको कार्यालयले जनाएको छ ।

निर्वाचन आयोगको निर्णयअनुसार नगरपालिकाका प्रमुख र उपप्रमुखले ४ लाख ५० हजार, वडा सदस्य, महिला सदस्य, दलित, अल्पसङ्ख्यक सदस्यले २ लाख, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षले ३ लाख ५० हजार, वडा सदस्य, महिला सदस्य, दलित, अल्पसङ्ख्यक सदस्यले १ लाख ५० हजार जरिवाना तिर्नुपर्ने व्यवस्था छ ।

निर्वाचित भएको ६ महिनाभित्र जरिवाना तिर्नुपर्ने प्रावधान रहेको छ । सो समयभित्र जरिवाना नतिरे जनप्रतिनिधिको पद खारेज हुने निर्वाचन आयोगले जनाएको छ । यो समाचार गोरखापत्रमा छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्