सफ्टवयेर विकासमा स्वदेशी कम्पनी,लगानीकर्ताहरुलाई प्रोत्साहन र विश्वास गर्नुपर्छ – Janadesh Daily | ePaper

सफ्टवयेर विकासमा स्वदेशी कम्पनी,लगानीकर्ताहरुलाई प्रोत्साहन र विश्वास गर्नुपर्छ


Nepal's economy is not likely to be Sri Lankan, but it is possible: Former Governor Chhetri - myRepublica - The New York Times Partner, Latest news of Nepal in English, Latest News Articles

राष्ट्रीय योजना आयोगका पूर्व उपाध्यक्ष एवं नेपाल राष्ट्र बैंकका पूर्व गर्भरनर तथा अर्थविद्ं दीपेन्द्रबहादुर क्षेत्रीसंग जनादेश संवाददाताले गर्नुभएको कुराकानीको सारसंक्षेप:

सुचना तथा संचार प्रविधिले हाम्रा सर्वजनिक सेवाहरुमा प्रभाव पारेको छ ? 

सर्वजनिक सेवा प्रवाहलाई सुचना प्रविधिले प्रभाव नपार्ने कुरै भएन । हामी केही पनि प्रविधिबाट एकछिन छुट्न चाहदैनौं । सरकारी र गैरसरकारी कामकाजमा प्रविधिको प्रयोग भएपश्चत काम छिटो छरितो भएकै छ । यो किफायती र पार्दशी पनि छ । यसले आफै जानेर कसै प्रति भेदभाव र गलत गदैैन् । तर यसका केही कठिनाईहरु भने छन् । जस्तैः समय समयम कम्प्युटरको सर्भर ह्याङ हुने, कम्प्युटरमा भाइरस पस्ने, डाटा विगारि दिने । डाटा चोरीको समस्या, प्राइभेसी लिक हुने समस्या, साइबर अपराध आदि ।

सर्वजनिक सेवा, विद्युतीय सेवामा रुपान्तरण हुँदा सेवाग्राही सन्तुष्टछन् त ?

प्रविधि मैत्री सार्वजनिक सेवा प्रवाह भई राख्दा सेवाग्राहीहरु धरै हदसम्म संन्तुष्ट छन् तर पूर्णरुपमा छैनन् । जनतालाई अझैं पनि प्रविधिसंग संका छ । जस्तो कि स्वाग्राहीले बैंकमा राखेका पैसा बैंकका कर्मचारीहरुबाटै दुरुपयोग भएको समाचारहरु बाहिर आउँनु । विदेशबाट नै नेपाल सरकारका वेभसाइटहरु ह्याक गरेका समाचारहरु आउँनु । कर्मचारीहरुले कम्प्युटरलाई दोष लगाएर सेवाग्राहीको काम ढिलो गरिदिनु आदि कारणले गर्दा आम नागरिकहरु प्रविधिसंग पूर्णरुपमा सन्तुष्ट छैनन् भन्न सकिन्छ । सुचना प्रविधि आम नागरिको पहँुचमा नपुग्नु पनि एक कारण त हो ।

हजुरलेले डिजिटल सरकारको अभ्यास नेपालमा कस्तो पाउँनु भएको छ ? विद्युतीय सरकारका केही सफल उदाहरण छन कि?

अवश्य छन् नि । विद्युतीय शासनलाई सुशासनको खम्वाको रुपमा हेरिन्छ । सरकारले सर्वजनिक सेवाहरुलाई पनि अनलाईन मार्फत दिन शुरु गरेका धरै भइ सक्यो । नेपाल सरकारले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयदेखि सबै मन्त्रालय, विभाग र जिल्ला स्तरीय कार्यालयहरुमा पनि अनलाईन सेवा सुचारु गरेको छ । संघ, प्रदेश र स्थानीय तहका सबै कार्यालयहरुमा पनि प्रविधिको पहँुच पुगेको छ । सबै स्थानीय तहरुले पनि अनलाईन सेवा सुचारु गरेकाछन् । तर त्यो सेवा पूर्ण रुपमा संतोष जनक भने छैन । एउटै प्रकृतिका कार्यहरु पनि अलग अलग सफ्टवयेर किनेर गर्दा राज्यलाई व्यय भार पर्ने भएकोले भविष्यमा तीनबटै सरकारका कामकाजहरुलाई एकद्धार प्रणाली मार्फत गर्न आवश्यक छ । साथै एउटै सफ्वयेरबाट कार्य सम्पन्न हुने गरि एकीकृत सफ्टवयेर विकास गर्नु आवश्यकछ ।

नेपालमा बैंकिड. क्षेत्रमा सुचना प्रविधिको प्रयोग हुन थाले पछि टोकन लिएर उभिराख्नु पर्ने झन्झट हट्यो । आज हामी सबैले ई-बैकिड.बाट आफ्नो कारोवार गर्न सक्छौ । पैसा बोकी राख्नु पर्ने छैन् । अनलाईनबाट नै विदेशमा पैसा पठाउन र यहाँ प्राप्त गर्न सकिन्छ । स्वास्थ क्षेत्रमा सुचना प्रविधिको प्रयोग भएसंगै मेजर आप्रेसनहरु पनि ओपन सर्जरीबाट गर्न सम्भब भएको छ । यातायातको क्षेत्रमा पनि इ-टिकटिड. र एअरलाईन्सहरुले त पहिलेदेखि नै अनलाईन टिकट बुकिड. शुरु गरेका थिए । शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग भएपछि शिक्षण सिकाई, प्रशासन, लेखा, लाइब्रेरी, प्रयोगात्मक, कक्षाकोठा मात्र नभएर अनुसंधान गर्ने तहसम्म पनि विद्यार्थी, शिक्षक, अभिभावक र शिक्षण संस्थालाई पनि प्रविधि मैत्री हुन सहयोग गरेको छ । कृषि र पर्यटनको क्षेत्रमा पनि प्रविधिले सहज बनाएको छ । प्रकोप व्यावस्थापन कार्यम पनि सुचना प्रविधिले टेवा पुर्याएको छ ।

सरकारले अनलाईन सरुवाको कार्य थलानी गरेको छ । आन्तरीक राजस्व कार्यालाय, भन्सार, सरकारी लेखा प्रणाली सबै अनलाईनमै कार्यसम्पादन गर्दछन् । मालपोत, खानेपानी, विद्युतको विल, घरभाडा ट्याक्स आदि अनलाईनबाटै तिर्न सकिन्छ । नेपालमा पनि ईभोटिड.को अभ्यास शरु भएको छ । सरकारले राहदानी, राष्टिया परिचय पत्र, चालक अनुमति पत्रका लागी अनलाईनबाट निवेदन दिन सक्ने व्यवस्था गरेकोेछ आदि ।

विद्युतीय शासनका अभ्यासलाई सफल पार्न हाम्रो देशको मानव जनशक्ति सक्षम छ त?

हेर्नुस् । मानव जनशक्ति कुनै पनि देशमा पुर्ण सक्षम हुँदैनन् । उनीहरुलाई तालीम मार्फत दक्ष र क्षमतावान बनाउँदै लैजानु पर्दछ । राज्यले आफुलाई आवश्यक पर्ने निम्न, मध्ययम, उच्च र विशिष्ट तहको जनशक्ति विकासमा ध्यान दिनु आवश्यक पर्छ । प्रविधिक जनशक्तिलाई विदेशमा गएर पढेर वा तालीम गरेर दक्ष र सीपयुक्त बनाएर स्वदेश ल्याउँनु पर्छ र काममा लगाउँनु पर्छ ।

विदेशबाट आयात गर्ने सफ्टवयेरहरुलाई रोकेर स्वदेशमै सफ्वयेर विकास गर्ने प्रणाली बसाल्नु पर्दछ । स्वदेशी कम्पनी, लगानी कर्ताहरुलाई प्रोत्साहन र विश्वास गर्नुपर्छ। यसले गर्दा वेरोजगारीको समस्या कम गर्न सकिन्छ । साथै सफ्टवयेरका नामका विदेश जाने पैसालाई कम गर्न सकिन्छ । धन्यवाद ।

 

 

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्