रोजगारीका लागि दुबई पुगेका भरतलाई पर्‍यो ३५ करोडको चिठ्ठा – Janadesh Daily | ePaper

रोजगारीका लागि दुबई पुगेका भरतलाई पर्‍यो ३५ करोडको चिठ्ठा


नेपालबाट कामको शीलशीलामा दुबई पुगेका एक नेपाली युवकले (एक करोड दिराम) झण्डै ३५ करोड नेपाली रूपैयाँ बराबरको चिठ्ठा जितेका छन्।

गल्फ न्यूजका अनुसार ३१ वर्षीय भरत बिश्वकर्माले युएईको चर्चित मजुज चिठ्ठामा १ करोड दिराम जितेका हुन्। मासिक १,३०० तलबमा दुबई पुगेका उनले विगत दुई वर्ष देखि उक्त चिठ्ठामा भाग लिइरहेका थिए । अन्तर्राष्ट्रिय एजेन्सीका अनुसार भरत चिठ्ठामा यति ठूलो रकम प्राप्त गर्ने पहिलो नेपाली व्यक्ति पनि हुन् ।

घरको आर्थिक अवस्था कमजोर भएसँगै विदेश गएका भरतले उक्त रकमले ऋण तिर्ने र परिवारका लागि खर्चिने योजना बनाएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्