साबा महिला बास्केटबल च्याम्पियनसिप: नेपाल माल्दिभ्ससँग पराजित – Janadesh Daily | ePaper

साबा महिला बास्केटबल च्याम्पियनसिप: नेपाल माल्दिभ्ससँग पराजित


साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपाल माल्दिभ्ससँग पराजित भएको छ ।

माल्दिभ्सको मालेमा गए राति भएको उद्घाटन खेलमा घरेलु टोली माल्दिभ्सदसँग नेपाल ५१–४७ ले पराजित भएको हो । अघिल्लो संस्करणको खेलमा भने नेपालले माल्दिभ्सलाई ७७–३६ ले हराएको थियो ।

प्रतियोगितामा आयोजक माल्दिभ्ससहित नेपाल, श्रीलङ्का र भुटान सहभगी छन् । नेपालले आफ्नो दोस्रो खेल यही असोज ११ गते श्रीलङ्कासँग खेल्नेछ । त्यस्तै राउन्ड रोविनको अन्तिम खेलमा नेपालले भुटानसँग यही असोज १२ गते खेल्नेछ ।

सदिना श्रेष्ठको कप्तानीमा रहेको नेपाली टोलीको प्रशिक्षकमा विकास शाही र व्यवस्थापकमा निरञ्जन सत्याल छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्