डेंगु सङ्क्रमितको सङ्ख्या २५ हजार नाघ्यो, ३२ को मृत्यु – Janadesh Daily | ePaper

डेंगु सङ्क्रमितको सङ्ख्या २५ हजार नाघ्यो, ३२ को मृत्यु


काठमाडौं । नेपालमा २५ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडि) को तथ्याङ्क अनुसार नेपालमा २५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको छ भने ३२ जनाको मृत्यु भएको छ ।

डेंगुको सङ्क्रमण सबैभन्दा धेरै बागमती प्रदेशमा १९ हजार ९१० जनामा भएको छ । यस्तै, लुम्बिनीमा दुई हजार ८८७, प्रदेश १ मा ७७५, सुदूरपश्चिममा ८०४, गण्डकीमा ५५६, मधेश प्रदेशमा ३८० र  कर्णाली प्रदेशमा २३१ जनामा डेंगु पुष्टि भएको छ।

जिल्लाअन्तर्गत सबैभन्दा बढी काठमाडौंमा आठ हजार ८९६, ललिपुरमा छ हजार ३५, मकवानपुरमा दुई हजार २७५, दाङमा एक हजार २७८, भक्तपुरमा एक हजार ५८, रुपन्देहीमा ७२५, चितवनमा ६०१, धादिङमा ४४९, गुल्मीमा २९८, कैलालीमा २९८ गरी १० जिल्लामा सबैभन्दा बढी २१ हजार ९१४ जनामा डेंगु पुष्टि भएको छ  ।

ईडिसिडिले डेंगुको सङ्क्रमण कात्तिकसम्म बढ्ने सक्ने आकलन गरेको छ । चिकित्सकका अनुसार डेंगुको ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । एडिस जातका लामखुट्टेले घाम उदाएको दुई घण्टापछि र घाम अस्ताउनुभन्दा दुई घण्टा अघि सक्रिय हुने हुँदा सचेत रहन चिकित्सकको सुझाव छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्