रवीन्द्र मिश्र बल्ल आफ्नै बाटोमा, साझा त्यागेर राप्रपामा प्रवेशको सहमति – Janadesh Daily | ePaper

रवीन्द्र मिश्र बल्ल आफ्नै बाटोमा, साझा त्यागेर राप्रपामा प्रवेशको सहमति


जनादेश सोसल मिडिया वाच।

विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले सो पार्टी परित्याग गरेका छन्। सोमबार पार्टी अध्यक्ष समीक्षा बास्कोटा समक्ष मिश्रले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा बुझाएका छन्।

राजीनामा पत्रमा मिश्रले भनेका छन्, ‘झण्डै एक वर्षदेखि नेपालमा बृहत् र विश्वासिलो ‘नरम संवर्द्धनवादी (मडरेट कन्जरभेटिभ)’ राष्ट्रवादी शक्तिको निर्माणका लागि म राजनीतिक ध्रुवीकरणको प्रयासमा लागेको यहाँलाई विदित नै छ। अन्ततोगत्वा सो प्रयासको पहिलो महत्वपूर्ण पाइलाले मूर्त रूप लिने देखिएको छ। त्यसका लागि मैले पार्टी नै परिवर्तन गर्नुपर्ने भएकोले आजकै मितिदेखि लागू हुने गरि मैले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु।’

यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीले विवेकशील साझाको एउटा घटकसँग पार्टी एकता गर्ने औपचारिक निर्णय गरेको थियो। पूर्वअध्यक्ष रवीन्द्र मिश्रको समूहसँग लामो समयदेखिको छलफललाई राप्रपाले टुंगोमा पुर्‍याएको हो ।

सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले मिश्रलाई वरिष्ठ उपाध्यक्ष बनाउँदै पार्टीमा स्वागत गर्ने निर्णय लिएको एक नेताले जानकारी दिए । उनका अनुसार सम्भवतः मंगलबार नै दुई पक्षबीच सम्झौता हुने छ ।

यसअघि मिश्रलाई अध्यक्षभन्दा दोस्रो वरियतामा रहने गरी सहअध्यक्ष बनाउने प्रस्ताव गरिएको थियो । तर, राप्रपाभित्र त्यसमा सहमति हुन सकेन । अहिले वरिष्ठ उपाध्यक्ष बनाउन भने सबैजना तयार भएका छन् । आजको बैठकमा कसैले पनि विमति नराखेको स्रोतको भनाइ छ ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्