पश्चिमा प्रोपोगाण्डा चिर्दै सार्वजनिक रूपमा देखिए सी जिनफिङः समाजवादको विजयमा बढ्न आह्वान – Janadesh Daily | ePaper

पश्चिमा प्रोपोगाण्डा चिर्दै सार्वजनिक रूपमा देखिए सी जिनफिङः समाजवादको विजयमा बढ्न आह्वान


जनादेश अन्तर्राष्ट्रिय वाच।

नजरबन्दमा रहेको भनेर पश्चिमा तथा भारतीय सञ्चार माध्यमले प्रचार गरिरहेका चिनियाँ राष्ट्रपति सी चिन फिङ फेरि सार्वजनिक रूपमा देखा परेका छन्। सरकारी टेलिभिजनमा देखापर्दै सीले चिनियाँ विशेषतासहितको समाजवादको नयाँ विजयतर्फ दृढ सङ्कल्पका साथ अगाडि बढ्न साझा प्रयास गर्नुपर्नेमा जोड दिएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले विगत एक दशकमा पार्टी र देशले हासिल गरेका उत्कृष्ट उपलब्धिहरूको प्रदर्शनीको मङ्गलबार भ्रमण गर्दै उक्त टिप्पणी गरेको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

चीनका राष्ट्रपति सी चिनफिङ शाङ्घाई सहयोग शिखर सम्मेलन (एससीओ) शिखर सम्मेलनबाट फर्केको १० दिनपछि सोमबार दिउँसो पहिलोपटक देखापरेका हुन् । आगामी महिना अक्टोबरमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को वार्षिक बैठक हुँदैछ । उक्त बैठकमा राष्ट्रपतिका रूपमा जिनपिङ तेस्रो कार्यकालका लागि निरन्तरता दिन चाहन्छन् । एपी न्युज एजेन्सीले पनि जिनपिङ केही दिनपछि बेइजिङमा देखा परेका उल्लेख गरेको छ । उनी सरकारी कार्यक्रममा सहभागी हुन आएका र त्यसको फुटेज सरकारी टेलिभिजनमा प्रसारण भएको हो ।

कार्यक्रममा चिनियाँ राष्ट्रपतिसँगै प्रधानमन्त्री ली खछ्याङलगायत पार्टीका अन्य नेताहरुको पनि उपस्थिति रहेको थियो । यसबाहेक यहाँ चिनियाँ सेनाका केही अफिसर पनि देखिएका थिए । उक्त कार्यक्रममा चीनको आर्थिक विकासबारे छलफल भएको थियो । चिनफिङले सेप्टेम्बर १६ मा उज्वेकिस्तानको समरकन्दमा भएको एससीओ शिखर सम्मेलनमा भाग लिएका थिए । दुई वर्षपछि उनको यो पहिलो विदेश भ्रमण थियो । समरकन्दमा दुई दिनको बसाइपछि जिनपिङ बेइजिङ फर्किए र त्यसपछि कुनै पनि कार्यक्रममा देखिएका थिएनन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको पञ्चवर्षीय महाधिवेशन अक्टोबर १६ देखि सुरु हुँदैछ। यसमा जिनपिङले फेरि पाँच वर्षको म्याद थप्ने विश्वास गरिएको छ । सामान्यतया चीनको राष्ट्रपति दुई कार्यकालका लागि मात्र निर्वाचित हुन्छन्, तर यस मामिलामा जिनपिङलाई अपवाद मानिएको छ ।

नजरबन्दमा रहेको प्रोपोगाण्डा
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को २०औं राष्ट्रिय सम्मेलनअघि चिनियाँ राष्ट्रपति सी जिनपिङबारे अप्रत्याशित र अस्वभाविक समाचारहरु विशेषगरी भारतीय र केही पश्‍चिमा सञ्‍चारमाध्यममा प्रकाशन-प्रसारण भइरहेका थिए। राष्ट्रपति सी जिनपिङलाई तेस्रो कार्यकालका लागि अनुमोदन गर्ने करिब निश्‍चित भएको भन्दै पश्चिमा माध्यमहरूले प्रोपोगाण्डा फैलाएका थिए।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्