कांग्रेसको किचलोः सानेपामा धर्ना सुरु, बालुवाटारमा वार्ता – Janadesh Daily | ePaper

कांग्रेसको किचलोः सानेपामा धर्ना सुरु, बालुवाटारमा वार्ता


नेपाली कांग्रेसमा समानुपातिकतर्फका उमेदवारको बन्दसूचीको विवाद उत्कर्षमा पुगेको छ । नेता डा. शेखर कोइराला पक्षले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना सुरु गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सभापति शेरबहादुर देउवाले डाकेर शेखर पक्षसहित पदाधिकारी र पूर्वपदाधिकारीको बैठक जारी छ । देउवाले समानुपातिकतर्फको बन्दसूची सच्याउन र सबैलाई समेट्न तयार रहेको भन्दै बैठक डाकेका हुन् ।

तर, शेखर पक्ष आश्वस्त हुन सकेको छैन । त्यसैले बालुवाटारको बैठकमा वार्ता जारी रहँदा पार्टी केन्द्रीय कार्यालयमा धर्ना सुरु गरिएको छ । धर्नामा नाराबाजी र प्लेकार्ड प्रदर्शन गरिएको छैन । नेताहरू शान्त भएर धर्नामा बसेका छन् ।

नेता गुरुराज घिमिरेले आफूहरू पार्टीको विरुद्धमा नभएको भन्दै न्यायका लागि धर्ना बस्दा प्लेकार्ड र नाराको प्रयोग नगरेको बताए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्