तोलामा १२ सयले बढ्यो सुनको मूल्य – Janadesh Daily | ePaper

तोलामा १२ सयले बढ्यो सुनको मूल्य


नेपाली बजारमा आज सुनको मूल्य १२ सय रुपैँयाले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९१ हजार ६०० रुपैँयामा कारोबार भएको छापावाल सुन आज तोलामा १२ सय रुपैयाँले वृद्धि भएसँगै ९२ हजार ८०० रुपैँयामा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैँया कायम गरिएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैँया बढेको छ । हिजो प्रतितोला एक हजार १४५ रुपैँयामा कारोबार भएको चाँदी आज एक हजार १७० रुपैँयामा कारोबार भइरहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्