गरमा गरम बालुवाटार बैठकः सिट बाँड्ने सकस चलिरहँदा जब माधव नेपाल उठेर हिँडे… – Janadesh Daily | ePaper

गरमा गरम बालुवाटार बैठकः सिट बाँड्ने सकस चलिरहँदा जब माधव नेपाल उठेर हिँडे…


जनादेश वाच।
सत्ता गठबन्धनमा सिट बाँडफाँटमा फेरि नयाँ प्रस्ताब आएको छ । कार्यदल सयोजक तथा काङ्ग्रेस नेता कृष्ण सि टाै लाले बैठकमा नयाँ प्रस्ताव पेश गरेका हुन । उनले काङ्ग्रेस भित्रको अप्ठ्यारो फुकाउन काङ्ग्रेसलाई थप केहि सिट प्रतिनिधि सभातर्फ दिनुपर्ने भन्दै नयाँ प्रस्ताव राखेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । तर उनले ल्याएको प्रस्तावमा कुन दललाई कति सिट भन्नेबारेमा भने नेताहरूले केहि बताएका छैनन् । तर सिटाैलाले राखेको नयाँ प्रस्तावले झन गठबन्धन दलको बैठकमा सिट बाँडफाँट झन पेचिलो बनेको ती नेताले बताए ।

गठबन्धनमा सिट बाँडफाँट आज टुंगोमा पुरायाउने भनेर बिहिवार दिउँसो र बेलुकी दुई पटक सम्म दलहरुका शीर्ष नेताहरु र कार्यदलमा रहेका नेताहरूको बैठक बसेको थियो ।


दिनभर कार्यदलले पनि गृहकार्य गरेका थिए । तर सहमती बन्न सकिरहेको छैन । सिटाैलाले पेश गरेको नयाँ प्रस्ताव पछि जसपा र माधब नेपालको पार्टी असन्तुष्ट बनेको छ ।

सत्तारुढ पाँचदलीय गठबन्धनमा नेकपा माओवादी केन्द्रले ४४ सिट पाउने भएको छ । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार माओवादीलाई ४४ सिट दिने मोटामोटी सहमति भएको एक नेताले जानकारी दिए । ती नेताका अनुसार कांग्रेसले ८४ सिट लिने सहमति भएको छ । नेकपा एकीकृत समाजवादीलाई १६ सिट दिने सहमति भएको छ । १६ सिटमा खुम्चाइएपछि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल बैठकको बीचमै उठेर हिँडेका थिए ।

‘सिटमा चित्त नबुझेर हुन सक्छ । माधव नेपालमा बीचमै उठेर जानुभयो । अब बिहान सबै टुंगो लगाउने भनिएको छ’, ती नेताले भने ।उनका अनुसार सप्तरी, पर्सा र कास्कीमा भागवण्डा मिलाउन बाँकी छ । आज समानुपातिक उम्मेदवारको सूची सच्चाउने अन्तिम दिन हो।

हालसम्मको सहमति अनुसार माओवादी केन्द्रले ४४ सिट पाउने भएको छ । स्रोतका अनुसार नेपाली कांग्रेसले ८४ सिट लिने सहमति भएको छ । नेपाली कांग्रेसका एक शीर्ष नेताका अनुसार सप्तरी, पर्सा र कास्कीमा सहमति जुट्न अझै बाँकी छ । केही निर्वाचन क्षेत्रमा दोहोरो दाबेदारी रहेका कारण सहमति जुट्न सकेको छैन ।

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्