प्रकाश सपूतको गीतको भिडियो “केशरी केशरी” सार्वजनिक – Janadesh Daily | ePaper

प्रकाश सपूतको गीतको भिडियो “केशरी केशरी” सार्वजनिक



काठमाडौँ । ब्लेक ब्रोज इन्टरटेनमेन्टको प्रस्तुतिमा गीत “केशरी केशरी” सार्वजनिक भएको छ। गीतमा लोकप्रिय गायक बिष्णु भट्ट र नेपाल आइडल दोश्रो संस्करणको फाइनलिस्ट अस्मिता अधिकारीको आवाज छ | गितमा शब्द अष्ट्रेलिया बस्दै आएका विश्व गौडेलको र संगित बिष्णु भट्टकै रहेको छ | ब्लेक ब्रोज इन्टरमेन्टबाट सार्वजनिक भएको गीतको भिडियोमा प्रकाश सपूत र सृष्टी खड्काको अभिनय रहेको छ |

ठट्यौली प्रेमिल यस गीतको भिडियोलाई ऋषि राज आचार्यले निर्देशन तथा महेश्वर आचार्य,रितु आचार्य र राजेन्द्र खातीले सह- निर्देशन गरेका छ्न | गीतको भिडियोले अहिलेको वास्तविक समयलाई चित्रण गरेको छ | भिडियोमा मोहन कुमारको छयांकन, अनिलकुमार मानन्धरको सम्पादन तथा सियोन श्रेष्ठको कोरियोग्राफी रहेको छ | यस गीतलाई मिक्सिङ / मास्टरिङ र एरेन्ज श्याम श्वेत रसाइलीले गरेका हुन भने पृज्मा स्टुडियोमा रेकर्ड भएको हो।

https://youtu.be/ZyJLWxZEnsA

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्