सामाजिक संजालको प्रयोगमा व्यवस्थापन पक्षको आवश्कता छ- डा. शैलेन्द्र गिरी – Janadesh Daily | ePaper

सामाजिक संजालको प्रयोगमा व्यवस्थापन पक्षको आवश्कता छ- डा. शैलेन्द्र गिरी


जनादेश, घोराही । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्र विज्ञान तथा प्रविधि विभागका केन्द्रीय सदस्य एवं सुचना प्रविधि विज्ञ डा. शैलेन्द्र गिरीले सामाजिक संजाललाई व्यवस्थीत रुपमा प्रयोग गर्नुको साथै व्यवस्थापन पक्षमा सरोकारबाला पक्षले बेलैमा ध्यान दिनुपर्ने बताउँनु भएको छ ।

प्रेस सेन्टर नेपाल, दाङको विस्तारित बैठकलाई अतिथिको रुपमा सम्बोधन गर्नुहुँदै डा.गिरीले जानेर वा नजानेर सामाजिक संजालको प्रयोग गर्ने तर व्यस्थापन गर्न नसक्दा धेरै जना कानुनको फन्दामा परेको बताउँनु भएको छ । “सामाजिक संजालमा पोष्ट गर्ने विषय बस्तुले व्यक्ति वा संस्थको मान मर्यादामा खलल पुर्याउने, बदनामी गर्ने, कसैलाई हनी ट्यापमा पार्ने र लागाएता गैरकानुनी क्रियाकलाप समाजमा बढदो क्रममा रहेकोले यसको व्यवस्थापन पक्षमा सबैको चासो हुनुपर्दछ”, डा. गिरीले भन्नु भयो ।

पत्रकार मित्रहरुले खोजमा आधारित तथ्य सहितका समाचार संप्रेषण गर्न सकेमा पत्रकारिताको गरिमा बढनुको साथै पत्रकारको पनि माग बढने कुरा बताउँनु भयो । उहाँले भन्नु भयो, “पत्रकारहरुले व्यावसायीक पत्रकारिता, नैतिक रुपमा गर्न सकेमा पत्रकारहरु बेरोजगार हुन पर्दैन” । सबै सरोकारवालाहरुले सुचना प्रविधिका नयाँ आयामहरुलाई प्रयोग गर्दा आफुबाटै अन्जानमा साइबर अपराध हुन्छ कि भनेर सजग रहनु पर्ने कुरा पनि बताउँनु भयो । सामाजिक संजालमा झुठा समाचारहरु संपेषण भईरहेको सन्दर्भमा पत्रकारहरुले यसलाई चिरेर जान पनि डा. गिरीले आग्रह गर्नु भयो ।

प्रेस सेन्टर नेपाल, दाङका अध्यक्ष पाण्डव शर्माको अध्यक्षतामा सम्पन्न बैठकमा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएम, प्रेस सेन्टर नेपालका केन्द्रीय अनुशासन समितिका संयोजक नरेन्द्र केसी, अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष नरेश रेग्मी, प्रेस सेन्टर दाङका संस्थापक अध्यक्ष पुरन शर्मा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्