यी हुन् कांग्रेसका समानुपातिक उम्मेदवार (संशोधित नामावलीसहित) – Janadesh Daily | ePaper

यी हुन् कांग्रेसका समानुपातिक उम्मेदवार (संशोधित नामावलीसहित)


जनादेश, काठमाण्डौं । नेपाली कांग्रेसले निर्वाचन आयोगमा पेश गरेको समानुपातिकको अन्तिम बन्दसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाको नाम खसआर्यको महिला तर्फको तेस्रो नम्बरमा राखिएको छ ।

यस्तै गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जुको नाम छैटौं नम्बरमा छ । महिला तर्फ पहिलो नम्बरमा काठमाडौंकी अम्बिका बस्नेत र दोस्रो नम्बरमा झापाकी सरीता प्रसाईं छिन् ।

यसैगरी पुरुषतर्फ पहिलो नम्बरमा कांग्रेस प्रवक्ता प्रकाशरण महतको नाम राखिएको छ । दोस्रोमा बसन्त भट्टराई र तेस्रोमा आनन्द प्रसाद ढुंगाना छन् ।

असोज १६ गते कांग्रेसले संशोधित सूची निर्वाचन आयोगमा बुझाएको थियो । त्यसअघि नेपाली कांग्रेसले लगातार २४ घण्टासम्म छलफल गरेर समानुपातिकका उम्मेदवारहरुमा सहमति जुटाएको थियो ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्