फ्रान्सेली लेखिका एनी एनोक्सले जितिन् साहित्यतर्फको नोबेल पुरस्कार – Janadesh Daily | ePaper

फ्रान्सेली लेखिका एनी एनोक्सले जितिन् साहित्यतर्फको नोबेल पुरस्कार


Nobel Prize in Literature: फ्रेंच लेखिका Annie Ernaux को मिला साहित्‍य का नोबेल पुरस्‍कार - Nobel Prize in Literature 2022 Awarded to French Author Annie Ernaux - AajTak

काठमाडौं । फ्रान्सेली लेखिका एनी एनोक्सलाई सन् २०२२ को साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ ।

पुरस्कार जितेसँगै एनोक्सले लेखकलाई एउटा राजनीतिक कार्य भनेकी छिन् । ‘लेखन एउटा राजनीतिक कार्य हो, जसले सामाजिक असमानता हेर्नको लागि हाम्रो आँखा खोल्छ,’ उनले भनिन् ।

सन् १९४० मा जन्मिएकी लेखिका एनोक्स नर्मन्डीको सानो शहर यभेटमा हुर्किएकी हुन् । उनका आमाबाबुले किराना पसल र क्याफे चलाउँथे ।

गत वर्ष तान्जानियाका उपन्यासकार अब्दुलराजक गुर्नहलाई साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिएको थियो ।

स्वीडिश एकेडेमीले नोबेल पुरस्कार विजेतालाई १० मिलियन स्वीडिश क्राउन प्रदान गर्छ । उक्त रकम लगभग १.२ मिलियन डलर बराबर हुन आउँछ । यो पुरस्कार पाउने उनी १७ औं महिला हुन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्