दशै तिहार – Janadesh Daily | ePaper

दशै तिहार


दशै तिहार ✍️

फेरि आयो दशै र तिहार
रङ्गाउदै होलिन आमा
पुरानो घरको फाटेको भित्ता
सजाउदै होलिन प्यारी
भत्किदै गरेको आगन र गोरेटा
छुनुमुनु गर्दै होला मेरो साने
बाबा आउने बाटो कुर्दै
तोते बोल्दै के के भन्दै
फेरि आयो दशै र तिहार
मन भरी आउँछ सम्झना
गाउँ अनि आफन्त सबैको
वीर हौ भन्थे गोर्खाली हामी
बन्न मन थियो स्वदेशमै बसि स्वाभिमानी
रिणको भारी बिसाउने
कतै भेटेन चौतारी
जताततै हिडे खोज्दै रोजगारि
बिना अर्थ कति हिडौ भौतारि
थाके देशको हालत देखेर
हिडे पासपोर्ट बोकेर
त्यसै कहाँ हिडेथे र महोदय
प्यारो मातृभुमि छोडेर
मेरो पनि त हो देश
म जन्मेको माटो
तर गर्व गर्न सकेन
कतै आफ्नोपन भेटेन
अनि हिडे सात समुद्र पारी
चील गाडी चढी
मुटु त पटक पटक
धडकेकै हो ,भुइछोडी आकाशमा उड्दा
आखाहरु रसाएकै थियो
नेपाल आमाको काख छोड्दा
बाध्यताले घाँटी अठ्या पछि
के गर्नु र खै भोटहालेर
जिताएका नेताहरूले नै
रेमिटान्सको लागि
हामिलाइ परदेश पठाएपछि
मुटु मिचेर हिडे
फेरि आयो दशै र तिहार
नबिर्सिनु है मेरो हितैशिहरु
हराउदैन पराइ देशमा
फर्किआउछु फेरि
सम्झेर आफ्नै पाखा पखेरि
आफ्नै देश फुलाउनु पर्छ
आफ्नै भुमी फलाउनुपर्छ
सम्पन्न देश बनाउनु पर्छ
सबै सबै मिलिजुली
परदेश जाने हामिमात्र कति
अरुपनी हाम्रो देशमा श्रम गर्न
आउने बनाउनु पर्छ
स्वदेशमै रमाउनु पर्छ है मेरा प्रिय दौँतरी ।
परदेशमा रहनुहुने नेपालिहरुको सम्झनामा!❤️

सीता बि क ( सम्झना)
देश परदेशमा रहनु भएका मेरा आफन्तलगाएत सम्पूर्ण
नेपालीहरुमा दशै र तिहारको शुभकामना !

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्