पचास वर्षसम्म ननुहाएका व्यक्तिः गाउँलेले जिद्धी गरेपछि जब नुहाए तब संसारमै रहेनन् – Janadesh Daily | ePaper

पचास वर्षसम्म ननुहाएका व्यक्तिः गाउँलेले जिद्धी गरेपछि जब नुहाए तब संसारमै रहेनन्


जनादेश अन्तर्राष्ट्रिय वाच।

उनी एक सन्यासी थिए जसलाई मिडियाले ‘संसारको सबैभन्दा फोहोरी व्यक्ति’ भनी सम्बोधन गर्थ्यो । ती व्यक्तिको ९४ वर्षको उमेरमा निधन भएको छ । उनले केही महिनाअघि मात्रै दशकौँमा पहिलोपटक नुहाएका थिए । नुहाएकाे केही महिनापछि नै उनकाे मृत्यु भयाे । अमोउ हाजी ५० वर्षभन्दा बढी समयसम्म साबुन र पानीबाट टाढा रहे । उनलाई साबुनपानीको प्रयोगले बिरामी हुनसक्ने डर थियो ।

अमो दक्षिणी इरानको फार्स प्रान्तमा बस्थे । यसअघि पनि उनको गाउँका मानिसहरूले उनलाई नुहाउन भनेका थिए । तर, उनी शरीर सफा गर्नबाट बच्दै आएका थिए । तर स्थानीय सञ्चारमाध्यमका अनुसार केही महिनाअघि अमोउ हाजी गाउँलेहरूको दबाबमा झुके र साबुनपानीले आफ्नो शरीर सफा गरे । इरानको समाचार एजेन्सी आईआरएनएका अनुसार उनी नुहाएपछि बिरामी परेका थिए । र, आइतबार उनको मृत्यु भएको थियो ।

तेहरान टाइम्सलाई सन् २०१४ मा दिएको अन्तर्वातामा उनले आफ्नो मनपर्ने खाना पोर्क्युपिन भएको बताएका थिए । र, जमिनमुनि बनाएको प्वाल र गाउँलेहरूले बनाइदिएको झुपडीमा बस्ने गरेको बताएका थिए । अन्तर्वार्तामा उनले यस्तो जीवन जिउनुको कारण युवावस्थामा भोगेका तीतो भावनात्मक अनुभव भएको बताएका थिए । दशकौँदेखि नुहाएकाले उनको छाला कालो भएर पिपले भरिएको थियो ।

चुरोटको सोखिन
समाचार एजेन्सी आईआरएनका अनुसार उनी सडेको मासु खान्थे र तेलको पुरानो क्यानबाट फोहोर पानी पिउँथे । उनी धुम्रपान गर्न मन लाग्थ्यो । एउटा तस्बिरमा उनले एकैपटक धेरै चुरोट पिउँदै गरेको देख्न सकिन्छ ।

समाचार एजेन्सीका अनुसार उनलाई नुहाइदिन खोज्दा र सफा पानी पिलाउन खोज्दा उनी दुःखी हुन्थे । यद्यपि, उनले यति लामो समय ननुहाएरै बिताएको रेकर्ड बनाउन सके कि सकेनन् भन्ने विवाद छ । सन् २००९ मा एक भारतीय व्यक्तिको बारेमा ३५ वर्षसम्म दाँत नमाझिकन बसेको रिपोर्ट आएको थियो । उनलाई पछि के भयो भन्ने बारे कुनै नयाँ जानकारी बाहिर ाएको छैन ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्