कहाँ कहाँ सुरु भयो मतगणना, कहाँ सुरु हुने तयारी छ ! – Janadesh Daily | ePaper

कहाँ कहाँ सुरु भयो मतगणना, कहाँ सुरु हुने तयारी छ !


जनादेश अपडेट।

आइतबार भएको संसदीय निर्वाचनको मतगणना सोमबार देशभरि हुने भएको छ। निर्वाचन अधिकृतका कार्यालयहरूका अनुसार केही ठाउँमा मत गणना सुरू भइसकेको छ भने केही ठाउँमा सोमबार बिहानदेखि मतगणना सुरू गर्ने तयारी भइरहेको छ।

अहिलेसम्म काठमाडौं- ७, भक्तपुर-२, ललितपुर २ र ३ को मतगणना सुरू भइसकेको छ। काठमाडौंका बाँकी ९ वटा क्षेत्रको मतगणना पनि अहिले ८ बजेदेखि सुरू हुँदै छ।

देशका अरू जिल्लामा पनि मतगणनाको तयारी थालिएको छ। निर्वाचन आयोगको प्रारम्भिक विवरणअनुसार यसपटक ६१ प्रतिशत मतदान भएको छ। यो निर्वाचन आयोगको अपेक्षाभन्दा कम हो।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्