म्यानमारमा छ लाख ३३ हजार ४५ कोरोना सङ्क्रमित – Janadesh Daily | ePaper

म्यानमारमा छ लाख ३३ हजार ४५ कोरोना सङ्क्रमित


म्यानमारमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का ४० नयाँ घटना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ३३ हजार ४५ पुगेको स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ । विगत २४ घण्टामा ८ हजार दुई सय ७ जनामा कोरोना परीक्षण भएको र दैनिक पोजेटिभ दर ०.४९ प्रतिशत भएको मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ ।

पछिल्लो २४ घण्टामा कुनै पनि नयाँ मृत्यु नदेखिएकाले सोमबार देशमा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या १९ हजार चार सय ८७ मा रहेको मन्त्रालयले जनाएको छ । सोमबार २८ नयाँ निको भएकासहित देशमा कोभिड–१९ बाट निको भएका बिरामीको कुल संख्या ६ लाख ७ हजार चार सय १२ पुगेको छ । दक्षिणपूर्वी एसियाली देशले सन् २०२० मार्चमा पहिलो पटक कोरोना सङ्क्रमित भेटिएका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्