क्यान्सरको औषधिमा कर कटौती – Janadesh Daily | ePaper

क्यान्सरको औषधिमा कर कटौती


चीन सरकारले क्यान्सरको औषधिमा कर कटौती गरेको जनाएको छ । क्यान्सर निको पार्नका लागि प्रयोग गरिने औषधि आयातमा कम्तीमा पनि तीन प्रतिशत अतिरिक्त करको कटौती गरिने योजना चीन सरकारले अघि सारेको यहाँको स्वास्थ्य विभागले जनाएको छ ।

क्यान्सर रोग निको पार्नका लागि प्रयोग गरिने औषधि विदेशबाट आयात गर्दा तथा स्वदेशी औषधि कम्पनीले देशभित्रै उत्पादन गर्दा पनि कम्तीमा पनि तीन प्रतिशत कर कटौतीको योजना ल्याइएको स्वास्थ्य अधिकारीले जनाएका छन् ।

यहाँको स्वास्थ्य विभाग तथा अर्थ मन्त्रालयले प्रकाशन गरेको एक संयुक्त विज्ञप्तिमा सो कुरा जनाइएको छ । सो विज्ञप्तिमा आगामी डिसेम्बर १ तारिखदेखि यो कर कटौतीसम्बन्धी नीति कार्यान्वयनमा आउने जानकारी पनि गराइएको छ ।

यो नीति क्यान्सर रोग निको पार्न प्रयोग हुने ७१ थरि औषधिमा लागू हुने चिनियाँ स्वास्थ्य अधिकारीले जनाएका छन् । यी औषधिमा सन् २०१८ मा पनि सरकारले कर कटौती गरेको थियो ।

त्यसयता यस्ता औषधिमा कर कटौती गरिएको यो तेस्रो पटक भएको पनि समाचारमा जनाइएको छ । चीनमा पछिल्लो समयमा क्यान्सरका बिरामीको सङ्ख्या बढ्दै गएपछि उनीहरुलाई लक्षित गरेर यो नीति अख्तियार गरिएको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्