फुटबल महाकुम्भः विश्वकपमा सबैभन्दा धेरै म्यान अफ द म्याच चुनिएका १० खेलाडी – Janadesh Daily | ePaper

फुटबल महाकुम्भः विश्वकपमा सबैभन्दा धेरै म्यान अफ द म्याच चुनिएका १० खेलाडी


जनादेश स्पोर्ट्स वाच।

विश्वकप फुटबलका हरेक खेल महत्वपूर्ण मानिन्छ। समग्र विश्वको ध्यान खिच्ने यस्ता खेलमा गरिने प्रदर्शन खेलाडीको हिसाबमा पनि महत्वपूर्ण हुन्छ। सबै खेलाडीले विश्वकपका खेलमा राम्रो प्रदर्शन गर्न पनि सक्दैनन्। त्यसैले हार जितको नतिजा बाहेक पनि हरेक खेलको अर्को रोचक पक्ष हो– उत्कृष्ट खेलाडी। फुटबलको सर्वोच्च निकाय फिफाले सन् २००२ देखि उत्कृष्ट प्रर्दशन गर्ने एक खेलाडीलाई ‘प्लेयर अफ द म्याच’को अवार्ड दिन थालेको हो।

पछिल्ला केही वर्षमा प्लेयर अफ द म्याच अवर्ड जित्नेमा लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो र अर्जेन रोब्बेनले सर्वाधिक ६ पटक प्लेयर अफ दि म्याच जितेका छन्। विश्वकपमा सर्वाधिक खेलको म्यान अफ दि म्याच जित्ने १० खेलाडीको बारेमा चर्चा गरिएको छ।

१०) थोमस मुलर (जर्मनी)– ४ पटक
जर्मनीका थोमस मुलरले ४ पटक प्लेयर अफ दि म्याच अवार्ड जितेका छन्। त्यो बाहेक उनले सन् २०१० मा गोल्डेब बुट अवार्ड समेत जितेका थिए। उनले पछिल्लो पटक सन् २०१४ मा प्लेयर अफ दि म्याच अवार्ड जितेका थिए। यो पटक उनले कतिपटक प्लेयर अफ दि म्याच अवार्ड जित्लान् त्यो भने हेर्न बाँकी छ।

९) पार्क जि–सुङ (दक्षिण कोरिया)– ४ पटक
दक्षिण कोरियाली लिजेण्ड पार्क जि–सुङले विश्वकपमा सम्झन लायक इतिहास आफ्नो नाममा बनाएका छन्। तिन पटक विश्वकप खेलेका उनले हरेक खेलमा आफ्नो प्रभाव छाड्न सफल भएका थिए। उनले सन् २००२ मा भएको खेलमा उत्कृष्ट प्रर्दशन गर्दै दुई खेलमा म्यान अफ दि म्याच अवार्ड जितेका थिए।

८) मिरोस्लाभ क्लोज (जर्मनी)– ४ पटक
जर्मनीका पुर्व फरवार्ड मिरोस्लाभ क्लोज विश्वकपका उत्कृष्ट खेलाडी मध्येका एक हुन्। उनले विश्वकपमा १६ गोल आफ्नो नाममा गरेका छन्। उनले ४ पटक म्यान अफ दि म्याचको अवार्ड जितेका छन्। उनले सन् २०१४ मा अन्तिम पटक विश्वकप खेलेका पथए। उनले सन् २००२ र २००६ मा गरेर ४ पटक म्यान अफ दि म्याच अवार्ड जितेका थिए।

७)जेम्स रोड्रिगेज (कोलम्बिया)– ४ पटक
यो पटकको विश्वकपमा कोलम्बिया छनोट नभएपछि जेम्स रोड्रिगेजलाई यो पटकको विश्वकपमा देख्न पाइने छैन। सन् २०१४ को विश्वकप उनको खेल जिवनको महत्वपुर्ण टर्निङ प्वाइन्ट बन्यो। सन् २०१४ मा उनले ६ गोल गर्दै गोल्डेन बुट अवार्ड जित्न सफल भएका थिए। उनले सन् २०१४ र २०१८ मा गरेर ४ पटक प्लेयर अफ दि म्याच जितेका थिए। तर यो पटकको विश्वकपमा उनलाई देख्न पाइने छैन।

६) केइसुके होन्डा (जापान)– ४ पटक
जापानी फुटबलका लिजेनड खेलाडी केइसुकेले विश्वकपमा ४ पटक म्यान अफ दि म्याच अवार्ड जितेका छन्। उनी अहिले फुटबलमा कोचिङ करियरमा रमाइरहेका छन्। एसी मिलानमा फवर्ड उनले कम्बोडियन राष्ट्रिय टोलीको प्रशिक्षण समेत सम्हालिसकेका छन्। उनले २०१० र २०१४ मा गरेर ४ पटक प्लेयर अफ दि म्याच जितेका थिए।

५) इडेन हाजार्ड (बेल्जियम)– ४ पटक
बेल्जियमका अटेयाकिङ मिडफिल्डर इडेन हर्जाडले ४ पटक म्यान अफ दि म्याच अवार्ड जितेका छन्। २०१८ को सेमिफाइनलमा फ्रान्ससँग पराजित हुँदै बेल्जियम तेस्रो स्थानमा लागि खेलेको थियो। तेस्रोस्थानमा लागि भएको खेलमा बेल्जियमले इङल्याण्डलाई २–० ले हराएको थियो।

४) लुइस सुवारेज (उरुग्वे) – ५ पटक
सन् २०१० को विश्वकपमा चर्चामा आएका लुइस स्ुवारेज त्यसपछिका हरेक विश्वकपमा चर्चामा आउने नामा हो। विश्वकपमा उनले विवादास्पद कार्य गरेका उनले त्यो बाहेक पनि खेलका कारण पनि आफुलाई अब्बल सावित गरेका छन्। ३ पटक विश्वकप खेलेका सुआरेजले ५ पटक म्यान अफ दि म्याचको अवार्ड जितेका छन्। तिन विश्वकपमा उनले पाँच उपाधि जितेका हुन्।

३) लियोनल मेस्सी (अर्जेन्टिना)– ६ पटक
अर्जेन्टिनाका फुटबल हस्ती लियोनल मेस्सीका अन्तिम विश्वकप खेल्दैछन्। मेस्सीले विश्वकपमा १९ खेलमा ६ गोल गरेका छन्।
उनले २००६, २०१०, २०१४ र २०१८ को विश्वकप खेलिसकेका छन्। मेस्सीले विश्वकप इतिहासमा ६ पटक प्लेयर अफ दि म्याच जितेका छनु। उनले सन् २०१४ मा मात्र ४ खेलमा म्यान अफ दि म्याच अवार्ड जितेका थिए।

२) क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)– ६ पटक
पोर्चेगिज स्टार क्रिस्टियानो रोनाल्डोले विश्वकपमा १७ खेलमा ७ गोल गरेका छन्। सनु २००६ मा विश्वकपमा डेब्यु गरेका रोनाल्डोले २०१०, २०१४, २०१८ मा विश्वकप खेलेका छन्।
रोनाल्डोले विशवकपमा ६ संस्करणमा ६ पटक म्यान अफ दि म्याच अवार्ड जितेका छन्। पछिल्लो समय खराब प्रर्दशन गरिरहेका रोनाल्डाले अन्तिम विश्वकप खेल्न लागेका छन्।

१) अर्जेन रोबेन (नेदरल्याण्ड्स)– ६ पटक
सन् २०१० देखि १४ सम्म विश्वक खेलेका डच टोली नेदरल्याण्डका अर्जेन रोबेनले ६ पटक म्यान अफ दि म्याच जितेका छन्। रोबेनले विश्वकपमा दुई संस्करणमा ६ पटक व्यक्तिगत अवार्ड जित्न सफल भएका हुन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्