२० अर्ब बराबरको ट्रेजरी बिल्स सोझै खरिद गर्दै राष्ट्र बैंक – Janadesh Daily | ePaper

२० अर्ब बराबरको ट्रेजरी बिल्स सोझै खरिद गर्दै राष्ट्र बैंक


नेपाल राष्ट्र बैंकले आज २० अर्बको ट्रेजरी बिल्सको सोझै खरिद गर्नका लागि बोलकबोल गर्ने भएको छ ।

बैंकले आज दिउँसो २ बजे ट्रेजरीको सोझै बोलकबोल गर्ने भएको हो । मौद्रिक व्यवस्थापन विभागका अनुसार २०७९ मंसिर ९ गते बिक्री हुने ट्रेजरी बिल्सको भुक्तानी आगामी चैत मसान्तसम्म रहेको छ ।

इच्छुक काउण्टर पार्टीले बिक्री गर्न चाहेको ट्रेजरी बिल्सको परिमाणको मूल्यमा बोलकबोल गर्नुपर्नेछ । काउण्टर पार्टीले ट्रेजरी बिल्सको परिमाण ५ करोड वा ५ करोडले भाग लाग्ने दरले खरिद आह्वान गरेको रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्