समानुपातिकमा के छः ६ दलले कटाए ३ प्रतिशत मत, राप्रपाले पनि पार गर्‍यो १ लाखको सीमा – Janadesh Daily | ePaper

समानुपातिकमा के छः ६ दलले कटाए ३ प्रतिशत मत, राप्रपाले पनि पार गर्‍यो १ लाखको सीमा


जनादेश वाच।

मंसिर ४ गते भएको स्थानीय तह निर्वाचनमा हालसम्म ६ दलले ३ प्रतिशत कटाएका छन्। हालसम्म खसेको कुल मतका आधारमा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जसपाले तीन प्रतिशत मत कटाएका छन्। २४ लाख ४६ हजार ७२५ मत समानुपातिक तर्फ गणना हुँदा यस्तो देखिएको हो। सबै क्षेत्रको मतगणना हुँदा यो प्रतिशत परिर्वतन भई कम दल जान सक्ने सम्भावना देखिन्छ।

सदर मतको कम्तीमा ३ प्रतिशत मत ल्याउने दलले मात्र प्रतिनिधि सभामा समानुपातिकतर्फ सिट पाउने कानुनी व्यवस्था प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन ऐनले गरेको छ। उक्त ऐनको दफा ६० (११)मा ‘समानुपातिक निर्वाचन प्रणालीतर्फको कूल सदर मतको तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुनेछ।’

यसरी हेर्दा हालसम्म भएको गणनाअनुसार ६ वटा दलले मात्रै ३ प्रतिशत मत कटाएर समानुपातिकमा सांसद पाउने सक्ने अवस्था देखिन्छ। हालसम्म एमालेले समानुपातिकतर्फ ६ लाख ३९ हजार ६०२ मत ल्याएर पहिलो स्थानमा छ। कांग्रेस दोस्रो स्थानमा छ। कांग्रेसले ६ लाख २ हजार २१६ मत ल्याएको छ। त्यस्तै नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी ३ लाख १९ हजार ५११ मत कटाएको छ। माओवादी केन्द्रले २ लाख ८८ हजार ९ सय ८१ मत पाएको छ। राप्रपाले १ लाख ७२ हजार ५ सय ६० मत ल्याएको छ।

 

त्यस्तै छैटौं दल जसपा बनेको छ। जसपाले ७६ हजार ९ सय ५५ मत पाएको छ। यी दलले मात्र हालकै अवस्थामा मत प्राप्त गर्न सकेमा समानुपातिकको सिट पाउनेछन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्