रूकुम जिल्ला लाल किल्लाः माओवादी केन्द्रको ‘क्लिन स्वीप’ – Janadesh Daily | ePaper

रूकुम जिल्ला लाल किल्लाः माओवादी केन्द्रको ‘क्लिन स्वीप’


जनादेश वाच।
नेकपा माओवादी केन्द्रले रूकुम पश्चिममा प्रतिस्पर्धी दललाई ‘क्लिन स्वीप’ गरेको छ। निर्वाचन आयोगले शुक्रबार बिहान सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार रुकुम पश्चिममा माओवादी प्रतिनिधिसभासँगै दुवै प्रदेशसभामा विजयी भएको छ।

माओवादीले प्रतिनिधिसभातर्फ यहाँ अर्थमन्त्री जनार्दन शर्मालाई उम्मेदवार बनाएको थियो। उनी ३९ हजार ५४९ मतसहित प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटाले १२ हजार ९६१ मत पाएका छन्।

यस्तै माओवादीले प्रदेशसभा १ मा महेन्द्र केसी र २ मा राजकुमार शर्मालाई उम्मेदवार बनाएको थियो। उनीहरुले क्रमशः एमाले उम्मेदवार नारायणकुमार शाह र कर्णबहादुर घर्तीलाई पराजित गरेका छन्।

प्रदेशसभा १ मा केसी १९ हजार ३३ मतसहित प्रदेशसभा सदस्यमा निर्वाचित हुँदा निकटतम् प्रतिष्पर्धी शाहले ८ हजार ८१ मत ल्याएका छन्।
प्रदेशसभा २ मा विजयी शर्माले २० हजार १६० मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिष्पर्धी घर्तीले ८ हजार ७८ मत पाएका छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्