समानुपातिकमा कुन दलको कति, माओवादी तेस्रोमा – Janadesh Daily | ePaper

समानुपातिकमा कुन दलको कति, माओवादी तेस्रोमा


जनादेश अपडेट।
मंसिर ४ मा सम्पन्न निर्वाचनको मत परिणाम अन्तिम चरणमा छ । प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेपाली कांग्रेस पहिलो स्थानमा छ । उसलाई नेकपा (एमाले)ले पछ्याइरहेको छ ।

तेस्रोमा नेकपा (माओवादी केन्द्र) छ । चौँथोमा राष्ट्रिय स्वतन्त्र पार्टी छ । प्रतिनिधसभा समानुपातिकतर्फ भने एमाले अगाडि छ । आइतबार बिहान ६ बजेको मत परिणामअनुसार दोस्रो स्थानको कांग्रेसभन्दा एमाले एक लाख तीनहजार ८१४ मतले अगाडि छ । एमालले २२ लाख ७३ हजार ७६५ मत पाएको छ । कांग्रेसले २१ लाख ६९ हजार ९५१ मत ल्याएको छ ।

तेस्रोमा रहेको माओवादी केन्द्रको ९ लाख ५१ हजार ७५ मत छ । चौँथोमा राष्ट्रिय स्वतन्त्र पार्टी छ । उसको ९ लाख १५ हजार ७९ मत छ । पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको चार लाख ८३ हजार ५६७ मत छ । छैटौँ स्थानमा रहेको जनता समाजवादी पार्टीको दुईलाख ७३ हजार ८४५ मत छ । सातौँ स्थानमा रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीको दुईलाख १४ हजार १५७ मत ।

जनमत पार्टीले दुईलाख ९ हजार ३६९ मत ल्याएको छ । नागरिक उन्मुक्ति पार्टको एक लाख ९६ हजार ६६३ मत छ । लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख १५ हजार १७२ मत ल्याएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्