फुटबलको महाकुम्भः एक खेल बाँकी रहँदै विश्वकपको नकआउट चरणमा पुगे ब्राजिल र पोर्चुगल – Janadesh Daily | ePaper

फुटबलको महाकुम्भः एक खेल बाँकी रहँदै विश्वकपको नकआउट चरणमा पुगे ब्राजिल र पोर्चुगल


जनादेश स्पोर्ट्स वाच।
ब्राजिल विश्वकप फुटबलको नकआउट चरणमा प्रबेश गरेको छ । कतारमा जारी विश्वकप फुटबलमा स्विट्जरल्याण्डलाई १-० गोलले पराजित गर्दै ब्राजिल नकआउट चरणमा पुगेको हो । ब्राजिलको नकआउट प्रबेशको लागी खेलाडी क्यासिमेरोले खेलको ८३ औं मिनेटमा गोल गरेर ब्राजिललाई जितको लागी निर्णयक गोल गरेका थिए । समुह चरणमा यस अगाडिनै ब्राजिलले सर्बियालाई पराजित गर्दै ३ अक बनाएको थियो । स्विट्जरल्याण्डविरुद्ध खेल पनि जित्दै ब्राजिलले ६ अकसहित समुहबाट नकआउट प्रबेश गरेको हो ।

खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो। तर दोस्रो हाफमा क्यासिमेरोले रोड्रिगोको पासमा गोल गर्दै टोलीलाई जित दिलाउन सफल भएको हो । ब्राजिल स्टार फरवार्ड नेयमारविना मैदान उत्रेको थियो । चोटका कारण नेयमारले केही खेल गुमाउने छन्। आजको जित निकालेको ब्राजिल अर्को एक खेल अघि नै नकआउटमा सुरक्षित भएको हो ।

अर्को स्थानका लागि तीन टोलीबिच प्रतिस्पर्धा हुने छ। स्विट्जरल्याण्ड ब्राजिलसग पराजित भए पनि उसको पनि ३ अक छ । जसका कारण ब्राजिलसँग पराजित स्विटजरल्याण्डसको पनि अघिल्लो चरण प्रवेशका लागि सम्भावना कायम छ। यहि समूहका क्यामरुन र सर्वियाले १-१ को बराबरी खेलेका छन्। दुबैको समान एक अंक छ।

त्यस्तै,

ब्रुनो फर्नान्डेजको दुई गोलप्रेरित पोर्चुगल समूह ‘एच’मा उरुग्वेलाई २–० को नतिजामा पराजित गर्दै फिफा विश्वकपको प्रि–क्वार्टरफाइनलमा पुगेको छ। लुसेल रंगशालामा सम्पन्न खेलको ५४औं मिनेटमा फर्नान्डेजले गरेको गोलसँगै पोर्चुगलले अग्रता लिएको थियो।पहिलो हाफ गोलविहीन भए पनि दोस्रो हाफमा पोर्चुगलले दुई गोल गर्दै सुरुआती दुई खेलबाट ६ अंकसहित अन्तिम १६ को यात्रा तय गर्यो। निर्धारित समयको अन्तिम मिनेटमा उरुग्वेका जोसे मारिया गिमिनेजले पेनाल्टी एरियामा ह्यान्ड गरेपछि जित सुनिश्चित गर्ने मौका पाएको थियो।

सोही पेनाल्टीमा पोर्चुगलका लागि दोस्रो गोल गर्दै फर्नान्डेजले २–० को जितसहित पोर्चुगललाई एक खेल अगावै समूह चरण पार गराए। पोर्चुगल चार वर्षअघि यही दक्षिण अमेरिकी मुलुकसँग पराजित हुँदा अन्तिम १६ बाटै बाहिरिएको थियो। सन् २०१८ को रुस विश्वकपमा एडिन्सन काभानीको दुई गोलको मद्दतमा उरुग्वेले २–१ को नतिजामा पोर्चुगललाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो। सोही पराजयको बदला पोर्चुगलले लिएको छ। क्वार्टरफाइनलमा त्यही संस्करणको विजेता बनेको फ्रान्ससँग २–० को नतिजामा पराजित हुँदा दुई पटकको विश्व विजेता उरुग्वे पनि घर फर्किएको थियो।

समूह चरणको एक अगावै नकआउट चरणमा पुग्ने पोर्चुगल तेस्रो टिम बनेको छ। साविक विजेता फ्रान्स र पाँच पटकको च्याम्पियन ब्राजिल यसअघि नै नकआउटमा पुगिसकेका छन्। पहिलो खेलमा घानालाई ३–२ को नतिजामा पराजित गरेको पोर्चुगलले समूह चरणको अन्तिम खेलमा दक्षिण कोरियाको सामना गर्नेछ। पहिलो खेलमा दक्षिण कोरियासँग गोलरहित बराबरीमा अल्झिएको उरुग्वेले अन्तिम खेलमा घानाको सामना गर्नेछ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्