माओवादी केन्द्र: प्रदेश सभा निर्वाचनमा ५५ स्थानमा विजयी – Janadesh Daily | ePaper

माओवादी केन्द्र: प्रदेश सभा निर्वाचनमा ५५ स्थानमा विजयी


blog

जनादेश, काठमाण्डौं । प्रतिनिधि सभाको प्रत्यक्षतर्फको कुल १६५ स्थानमध्ये १७ स्थानमा विजय हासिल गरेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रदेशको प्रत्यक्षतर्फ भने हालसम्म ५५ स्थानमा विजय हासिल गरेको छ। प्रदेश १ को प्रदेश सभामा प्रत्यक्षतर्फ माओवादी केन्द्रले सात स्थानमा विजय हासिल गरेको छ। हालसम्म राजेन्द्र कार्की सङ्खुवासभा (क), गणेशप्रसाद उप्रेती मोरङ २ (क), जीवन आचार्य मोरङ ६ (क)मा निर्वाचित हुनुभएको छ। त्यस्तै गोम्बु शेर्पा सोलुखुम्बु १ (क), बाबुराम गौतम ओखलढुङ्गा १ (ख), दुर्गाप्रसाद चापागाईं तेह्रथुम (ख) र नारायणबहादुर मगर उदयपुर २ (क)बाट निर्वाचित हुनुभएको छ। प्रदेश १ को प्रदेश सभामा कुल ५६ स्थान रहेको छ।

निर्वाचन आयोगका अनुसार मधेश प्रदेश सभामा प्रत्यक्षतर्फ माओवादी केन्द्र चार स्थानमा विजयी भएको छ। भरतप्रसाद शाह महोत्तरी १ (ख), फकिरा महतो सर्लाही ४ (ख), युवराज भट्टराई रौतहट ४ (क) र रहवर अन्सारी पर्सा १ (क)बाट निर्वाचित हुनुभएको छ । मधेश प्रदेश सभामा कुल ६४ स्थान रहेको छ।

त्यस्तै बागमती प्रदेश सभाको प्रत्यक्षतर्फ १४ सिटमा माओवादी केन्द्र विजयी भएको छ। तारानारायण श्रेष्ठ रामेछाप १ (क), युवराज चौलागाईं रामेछाप १ (ख), मातृकाप्रसाद भट्टराई सिन्धुली १, गङ्गानारायण श्रेष्ठ सिन्धुली २ (क), इन्द्रप्रसाद गोतामे रसुवा १ (ख), शालिकराम जम्कट्टेल धादिङ १ (ख), राधिका तामाङ नुवाकोट १ (क), रामप्रसाद ढुङ्गाना नुवाकोट २ (क)बाट निर्वाचित हुनुभएको छ। त्यस्तै रत्न ढकाल काभ्रे १ (क), युवराज दुलाल सिन्धुपाल्चोक २ (क), सरल सहयात्री पौडेल सिन्धुपाल्चोक १ (ख), प्रेमबहादुर पुलामी मकवानपुर १(क) र कुमारी मोक्तान मकवानपुर २ (क)बाट निर्वाचित हुनुभएको छ। बागमती प्रदेश सभामा कुल ६६ स्थान रहेको छ।

यसैगरी गण्डकी प्रदेश सभामा चार सिट जितेको छ। कृष्णप्रसाद धिताल गोरखा १ (क), हरिबहादुर चुनाम तनहुँ १ (ख), हरिबहादुर भण्डारी म्याग्दी (क) र रेशमबहादुर जुग्जाली म्याग्दी (ख)बाट निर्वाचित हुनुभएको छ। गण्डकी प्रदेशमा कुल ३६ स्थान छ।

लुम्बिनी प्रदेश सभामा माओवादी केन्द्रले आठ स्थान जितेको छ। जोखबहादुर महरा रोल्पा १ (क), इन्द्रजित थारू दाङ १(क), कृष्णा केसी बाँके १ (क), तुलाराम घर्ती पाल्पा २ (ख), धनबहादुर मास्की दाङ ३ (ख)बाट निर्वाचित हुनुभएको छ। त्यस्तै माओवादीका तीन जना बागी उम्मेदवार पनि विजयी हुनुभएको छ। दीपेन्द्र पुन रोल्पा १ (ख), सरुल पुन रुकुमपूर्व १ (क) र खड्ग बस्नेत नवलपरासी २ (ख) निर्वाचित हुनुभएको छ। लुम्बिनी प्रदेश सभामा कुल ५२ स्थान छ।

यसैगरी कर्णाली प्रदेश सभामा नौ स्थान माओवादी केन्द्रले जितेको छ। भीमप्रकाश शर्मा सल्यान (क), वीरबहादुर शाही डोल्पा २, मङ्गलबहादुर शाही मुगु (ख), दुर्गबहादुर रावत कालीकोट (ख) र रनसिंह परियार हुम्ला (क)बाट निर्वाचित हुनुभएको छ। त्यस्तै कृष्णबहादुर जीसी सुर्खेत १ (क) रविन्दमान विष्ट सुर्खेत २ (ख), महेन्द्र केसी रुकुमपश्चिम (क), राजकुमार शर्मा रुकुमपश्चिम (ख)बाट निर्वाचित हुनुभएको छ। कर्णालीमा २४ स्थान कायम छ।

कुल ३२ स्थान रहेको सुदूरपश्चिम प्रदेश सभामा नौ स्थानमा माओवादी केन्द्र विजयी भएको छ। झपटबहादुर साउद अछाम १ (ख), अक्कलबहादुर रावल अछाम २ (क), भीमबहादुर भण्डारी बझाङ (ख), शिवसिंह ओली डोटी १ (ख), रमेशसिंह धामी कैलाली छ (क)बाट निर्वाचित हुनुहुन्छ। मानबहादुर धामी दार्चुला (ख), खगराज भट्ट डडेल्धुरा (क) र ओमविक्रम भाट कञ्चनपुर २ (क)बाट निर्वाचित हुनुभएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्