सामान्य अंकले घट्यो नेप्से, ८४ करोडको कारोबार – Janadesh Daily | ePaper

सामान्य अंकले घट्यो नेप्से, ८४ करोडको कारोबार


बुधबार सेयर बजार ३ अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से ३.५१ अंकले घटेर एक हजार ९४९.८५ विन्दुमा पुगेको छ ।

आज माइक्रोफाइनान्सबाहेक अन्य सबै समूह राताम्मे भएका छन्। आज आज सबैभन्दा धेरै लक्ष्मी इक्विटी फन्डको सेयर साढे पाँच प्रतिशतले बटेको छ । समग्रमा बजार घटे पनि आज ग्रीन लाइफ हाइड्रो र खप्तड लघुवित्तको सेयर भने चार प्रतिशतभन्दा धेरैले बढेको छ ।

यस दिन २३८ कम्पनीको २३ लाख ५५ हजार कित्ता सेयर ८४ करोड २६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको चार करोड ७९ लाख र नबिल बैंकको चार करोड १५ लाख रुपैयाँको सेयर किनबेच भयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्