विश्वकप फुटबलः मेस्सीको सपना पेनाल्टी मिस गर्दा पनि जीवितै, अर्जेन्टिना अन्तिम १६ मा – Janadesh Daily | ePaper

विश्वकप फुटबलः मेस्सीको सपना पेनाल्टी मिस गर्दा पनि जीवितै, अर्जेन्टिना अन्तिम १६ मा


जनादेश स्पोर्ट्स वाच।

कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सी’ बाट अर्जेन्टिना र पोल्यान्ड अन्तिम १६ मा प्रवेश गरेका छन् । स्टेडियम नाइन सेभेन फोरमा सम्पन्न समूह चरणको अन्तिम खेलमा पोल्यान्डलाई २–० गोलको नतिजमा पराजित गर्दै अर्जेन्टिना समूह ‘सी’ को विजेताको रुपमा नकआउट चरण प्रवेश गरेको हो ।

पराजित भएपनि पोल्यान्ड गोल अन्तरमा मेक्सिको लाई पछि पार्दै समूह उपविजेताका हैसियतले अन्तिम १६ प्रवेश गरेको हो । अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर र जुलिएन एलभरेजले गोल गरे ।

 खेलको ३९औं मिनेटमा पाएको पेनाल्टि सदुपयोग गर्न नसक्दा अर्जेन्टिना अग्रता लिन चुकेको थियो । पोल्यान्डका गोलकिपर ओज्सिज सजजेस्नीले पेनाल्टि बक्स भित्र लियोनेल मेसीलाई फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टि पाएको थियो । सोहि पेनाल्टिमा मेसीले गरेको प्रहार सजजेस्नीले उत्कृष्ट बचाउ गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४६औं मिनेटमा एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । एलभरेजले ६७औं मिनेटमा गोल गरेसँगै अर्जेन्टिनाले २–० को नतिजमा जित पक्का गरेको हो । समूह ‘सी’ कै अर्को खेलमा साउदीअरबलाई २–१ गोलको नतिजमा पराजित गरेपनि मेक्सिको पोल्यान्डसँग गोल अन्तरमा पछि परेपछि बाहिरिएको छ ।

जितसँगै अर्जेन्टिनालो प्रि–क्वार्टरफाइनलमा समूह ‘डी’ को उपविजेता अस्ट्रेलियाको समना गर्नेछ । यस्तै, पोल्यान्डले सोहि समूहको विजेता फ्रान्ससँग खेल्नेछ ।

विश्वकप दावेदार मानिएको अर्जेन्टिनाले पहिलो खेल साउदीअरबसँग २–० गोलको नतिजामा पराजित हुँदै खराब सुरुआत गरेको थियो । दोस्रो खेलमा मेक्सिकोलाई २–० गोलको नतिजमा पराजित गर्दै अर्जेन्टिनाले अन्तिम १६ पुग्ने सम्भावना जिवितै राखेको थिया ।

उतारचडावपूर्ण रहेको अर्जेन्टिनाको समूह चरण यात्रामा जितसँगै ६ अंक जोडेर शिर्ष स्थानमा रहयो । पहिलो खेल मेक्सिकोसँग गोलरहित बराबरीमा खेलेको पोल्यान्डले दोस्रो खेलमा साउदीअरबलाई २–० गोलको नतिजमा पराजित गरेको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्