राप्ती इञ्जिनियरिङ कलेजमा ICT क्लब गठन (फोटो फिचर) – Janadesh Daily | ePaper

राप्ती इञ्जिनियरिङ कलेजमा ICT क्लब गठन (फोटो फिचर)


जनादेश, घोराही दाङ । राप्ती इञ्जिनियरिङ कलेज घोराही दाङका आईसिटी क्लब गठन भएको छ । मिति २०७९ साल मंसिर १४ गतेका दिन पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त विसिए कार्यक्रममा अध्ययनरत विद्यार्थी राहुल थापाको अध्यक्षमा , प्रथम उपाध्यक्षमा मोनिका धिताल, द्धितिय उपाध्यक्षमा आनन्द बुढा मगर, सचिवमा जनक महतारा, कोषध्यक्षमा गौरी चौधरी, सदस्यहरुमा कर्णमाया घर्ति मगर, अभिशेक हमाल, बिन्जु भट्टराई, विपना चौधरी, राजन भण्डारी, सचिन चौधरी, नगेन्द्र महतारा, अलोहिन वली, समिर के. सी. गौतम पाण्डे, नवराज पोख्रेल, नारायण गुरुङ, रमेश शर्मा, आशिष के. सी., सुमित रोका, तुल्सी पुन, सन्जय चौधरी रहेका छन ।

त्यसैगरी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट सम्बन्धन प्राप्त डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ कार्यक्रमतर्फको आइसीटी क्लबको अध्यक्षमा संन्दिप के. सी., उपाध्यक्ष विशाल सुनार, सचिवमा चन्द्रमाया बाँठा मगर, कोषाध्यक्षमा मिना पाण्डे, सह–सचिवमा अमृत चौधरी, सदस्यहरुमा सवित चौधरी, विवेक चलाउने, गिता वली, एलिजा थापा, मिना बुढाथोकी, अमृता वि. क., रञ्जना के. सी., सृजना सुवेदी, मनोज शर्मा, प्रेम प्रकाश दाहाल, उज्वल पुन मगर, रमेश नेपाली, हरि प्रसाद चौधरी रहेका छन।

कार्यक्रमका प्रमुख राप्ती साइन्स एण्ड इञ्जिनियरिङ कलेज प्रा. लि.का अध्यक्ष एवं कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीले विद्यार्थीहरूमा आईसीटीलाई अझ प्रभावकारी र जिम्मेवारपूर्वक प्रयोग गर्ने सीपहरू विकास गर्न र शिक्षण सिकाईलाई अझ बढी प्रभावकारी बनाउँनका लागि विद्यालय, कलेज र हाम्रो समुदायलाई प्रविधि मैत्री बनाउनु पर्ने कुरामा जोड दिएका छन ।

उनले भने ‘नेपालमा पहिलो पटक कम्प्युटर २०२८ सालमा राष्टिय जनगणनाको लागि ल्याईएको थियो । २०४१ सालमा नेपाल सरकारले राष्टिय कम्प्युटर केन्द्र स्थापना गरे्को थियो । २०५४ सालमा सरकारले त्यसलाई खारेज गर्यो । दाङ जिल्लामा पहिलो पटक कम्प्युटर २०४५ सालमा साविकको मेरी गोल्ड बोडिङ स्कुल र हाल घोरहीमा रहेको सिद्धार्थ एकेडेमीले प्रशासनिक कामकाजको लागि ल्याईएको थियो । २०५८ सालको एस.एल.सी. परीक्षामा दीपशीखा उच्च मा.वि.का विद्यार्थीहरु कम्प्युटर विषय लिएर समावेश भएका थिए ।’ ती विद्यार्थीहरुलाई आफुले कम्प्युटर विषय पढाएको कुरा डा. गिरीले बताएका छन् ।

राप्ती इन्जिनियरिङ कलेजले २०६५ सालबाट डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रम शुरु गर्यो, डा. शैलेन्द्र गिरीले भने, हाल यस कलेजले BE Civil, BCA, Diploma in Computer Engineering, Pre-Diploma in Civil, Electrical & Amin कार्यक्रमहरु संचालन गर्दै आएको छ । राप्ती इन्जिनियरिङ कलेजबाट उत्पादीत शैक्षिक जनशक्ति लुम्बिनी प्रदेश लगाएत नेपालका सबै जिल्लाहरुमा सहकारी तथा गैरसरकारी निकायहरुमा रोजगारी प्राप्त गर्न सफल भएको डा. गिरीले बताए ।

क्यान माहासंघ दाङ शाखाको सहकार्यमा राप्ती इन्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थीहरुका बीच आइटी क्लब गठन गरिएकोमा सबै सदस्यहरुलाई बाधाई दिदै कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीले भने, समाजमा रहेको प्रविधिको खाडललाई कम गर्न नवगठीत आईटी क्लबले गाउँ गाउँमा पुगेर प्रविधि सम्बन्धी ज्ञान र सीप सिकाएर सहयोग गर्ने छ । सुचना प्रविधिले समाज रुपान्तरणमा पनि टेवा दिदै आएको छ । विद्यार्थीको शिक्षण सिकाईमा प्रविधिको प्रयोगले सहजता प्रदान गर्ने हुनाले प्रविधि मैत्री शिक्षामा जोड दिनु पर्ने डा. गिरीको बताए ।

राप्ती इन्जिनियरिङ कलेजका प्रबन्ध निर्देशक डा. भीमसेन गिरीले भने, कलेजमा आइटी क्बल गठन कार्यले विद्यार्थीको पठनकार्यमा सहयोग पुग्ने छ । क्यान माहासघ दाङ शाखाले आटी क्लब गठन कार्यलाई सबै कलेजहरुमा पुर्याउने कार्यक्रमका अध्यक्ष कर्णबहादुर पुनले बताएका छन् । क्यान महासङ दाङ शाखाका जिल्ला उपाअध्यक्ष ई. माधव अधिकारीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

क्यान महासङ दाङ शाखाका जिल्ला अध्यक्ष कर्ण बहादुर पुन मगरको अध्यक्षतामा कार्यक्रमसम्पन्न भएको थियो । साथै प्रशिक्षक ई.सर्मिला दहितको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रशिक्षक विश्वबन्धु थापाले गर्नु भएको थियो ।

No description available.

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्