बाजुरामा कांग्रेसका पाण्डेको अग्रता, ओलीका प्रिय कर्ण थापा ११ सय ४८ मतले पछाडि – Janadesh Daily | ePaper

बाजुरामा कांग्रेसका पाण्डेको अग्रता, ओलीका प्रिय कर्ण थापा ११ सय ४८ मतले पछाडि


जनादेश अपडेट।

बाजुरा क्षेत्र नम्बर १ मा मतगणना जारी छ। गत ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना बिहीबार (१५ मंसिर) दिउँसोबाट सुरु भएको थियो।

पछिल्लो मत परिणाम अनुसार यहाँ नेपाली कांग्रेसका बद्री प्रसाद पाण्डेले अग्रता लिएका छन्। उनले ४ हजार २ सय १४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

पाण्डेलाई नेकपा एमालेका उम्मेदवा कर्ण बहादुर थापाले पछ्याइरहेका छन्। थापाले ३ हजार ६६ मत प्राप्त गरेको आयोगले उल्लेख गरेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका जंग कुमार गिरीले २२ मत प्राप्त गरेका छन्।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्