दोलखामा माओवादी केन्द्रका गंगा कार्कीलाई अग्रता – Janadesh Daily | ePaper

दोलखामा माओवादी केन्द्रका गंगा कार्कीलाई अग्रता


जनादेश अपडेट।
दोलखाको प्रतिनिधि सभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता लिएका छन्। उनले १ हजार ६ सय ५४ मत प्राप्त गरेका छन्।

कार्कीलाई पछ्याउँदै नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले ९ सय ११ मत प्राप्त गरेका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले ११८ मत ल्याएर तेस्रो स्थानमा छन्।

दोलखाको मतगणना बिहीबार रातिबाट सुरु भएको हो। मंसिर ४ गते दोलखाका विभिन्न स्थानमा मतदान स्थगित भएपछि यही हिजो १५ गते निर्वाचन आयोगले पुन: मतदान गराएको थियो।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्