दोलखामा प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रको अग्रता कायमै – Janadesh Daily | ePaper

दोलखामा प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रको अग्रता कायमै


दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले अग्रता लिनुभएको छ ।

हालसम्म पाँच हजार नौ सय ७० मतगणना हुँदा उहाँले तीन हजार छ सय १८ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले एक हजार आठ सय मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लाको प्रदेशसभा ९१० मा चार हजार सात सय ३३ मतगणना गर्दा नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले दुई हजार पाँच सय २५ मत तथा एमालेका नरबहादुर श्रेष्ठले एक हजार छ सय १६ मत प्राप्त गर्नुभएको छ ।

प्रदेशसभा ९२० मा चार हजार चार सय ९४ मतगणना हुँदा एमालेका भरत केसीले दुई हजार एक सय ८५ र कांग्रेसका बर्मा लामाले एक हजार आठ सय ५७ मत प्राप्त गर्नुभएको छ । जिल्लाको १० मतदान केन्द्रमा बिहीबार पुनः मतदान भएको थियोे । बाँकी स्थानमा यही मङ्सिर ४ गते मतदान भएको थियो ।

जिल्ला ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र थिए । कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्