विश्वकप फुटबलमा तय भयो अर्को क्वार्टर फाइनल समीकरणः फ्रान्स र इङ्ल्याण्ड खेल्ने – Janadesh Daily | ePaper

विश्वकप फुटबलमा तय भयो अर्को क्वार्टर फाइनल समीकरणः फ्रान्स र इङ्ल्याण्ड खेल्ने


जनादेश वाच।

इङ्ल्याण्ड विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। आइतबार राति अफ्रिकन च्याम्पियन सेनेगललाई ३–० ले पराजित गर्दै इङ्ल्याण्डले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो। खेलको सुरुवातमा अफ्रिकन च्याम्पियनले केही चुनौती दिए पनि ३८ औं मिनेटमा पछि परेपछि थप कमजोर देखिएको थियो। पाएका केही अवसरमा पनि गोल गर्न सेनेगल चुक्दा इङ्ल्याण्डले लगातार फाइदा उठायो। पहिलो हाफमा जोर्डन हेन्डरसनले सुरुवाती अग्रता दिलाएका थिए।

पछि परेको सेनेगलले थप आक्रमक खेल्न खोज्दा इङ्ल्याण्डले जवाफी आक्रमण बढायो। पहिलो हाफकै अतिरिक्त समयको तेस्रो मिनेटमा कप्तान ह्यारी केनले जालि चुमाए। दोस्रो हाफमा पनि सेनेगल खेलमा फर्किन सकेन। ५७ औं मिनेटमा युवा फरवार्ड बुकायो साकाले तेस्रो गोल गर्दा इङ्ल्याण्डले सहज जित हात पार्यो। जारी विश्वकपमा इङ्ल्याण्ड अपराजित छ।

पहिलो खेलमा ६–२ ले इरानलाई पराजित गरेको इङ्ल्याण्ड अमेरिकासँग गोलरहित बराबरी खेलेको थियो। समूहको अन्तिम खेलमा वेल्सलाई ३–० ले स्तव्ध पार्दै समूह विजेताका रुपमा नकआउटमा पुगेको थियो। इङ्ल्याण्ड ५६ वर्षपछि उपाधि दोहो¥याउने लक्ष्यमा छ। घरेलु मैदानमा १९६६ मा उपाधि जित्नुबाहेक इङ्ल्याण्डले उपाधि दोहो¥याउन सकेको छैन। यसअघि २०१८ को विश्वकपमा सेमिफाइनलमा पुगे पनि क्रोएसियासँग पराजित भएको थियो। त्यतिबेला उपविजेतासँग हारेको इङ्ल्याण्डले यस पटक भने साविक विजेता फ्रान्ससँग क्वार्टरफाइनलमै भिड्ने भएको छ।

आइतबार भएको खेलमा पोल्याण्डलाई ३–१ गोल अन्तरले हराउँदै फ्रान्सले माथिल्लो चरणको यात्रा तय गरेको हो। क्वार्टरफाइनलमा प्रवेश गर्ने क्रममा साबिक विजेता फ्रान्सलाई जित दिलाउने क्रममा केलियान एम्बाप्पेले दुई तथा ओलिभर जिरुडले एक गोल गरे।

यसअघि समूह चरणको खेलमा दुई खेलमा जित तथा एक खेलमा हारको नतिजा सामना गरेको थियो। समूह चरणमा फ्रान्सले अष्ट्रेलिया र डेनमार्कलाई हराएको थियो भने ट्युनिसियासँग हारेको थियो। त्यस्तै आइतबार भएको अर्को खेलमा इंग्ल्याण्डले सेनेगललाई पराजित गर्दै क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ।

आइतबारको खेलको सुरुवातमा अफ्रिकन च्याम्पियनले केही चुनौती दिए पनि ३८ औं मिनेटमा पछि परेपछि थप कमजोर देखिएको थियो। पाएका केही अवसरमा पनि गोल गर्न सेनेगल चुक्दा इङ्ल्याण्डले लगातार फाइदा उठायो। पहिलो हाफमा जोर्डन हेन्डरसनले सुरुवाती अग्रता दिलाएका थिए।
पहिलो हाफकै अतिरिक्त समयको तेस्रो मिनेटमा कप्तान ह्यारी केनले जाली चुमाए।

दोस्रो हाफमा पनि सेनेगल खेलमा फर्किन सकेन। ५७ औं मिनेटमा युवा फरवार्ड बुकायो साकाले तेस्रो गोल गर्दा इङ्ल्याण्डले सहज जित हात पार्यो। जारी विश्वकपमा इङ्ल्याण्ड अपराजित छ। पहिलो खेलमा ६–२ ले इरानलाई पराजित गरेको इङ्ल्याण्ड अमेरिकासँग गोलरहित बराबरी खेलेको थियो। समूहको अन्तिम खेलमा वेल्सलाई ३–० ले स्तब्ध पार्दै समूह विजेताका रुपमा नकआउटमा पुगेको थियो।

इंग्ल्याण्डले यसअघि समूह चरणमा दुई खेलमा जित र एक खेलमा बराबरीको नतिजा निकालेको थियो। इंग्ल्याण्डले समूह चरणमा अमेरिकासँग बराबरी खेल्दा इरान र वेल्समाथि भने जित हात पारेको थियो। यी दुई टोलीबीचको क्वार्टरफाइनल खेल आगामी शनिबार मध्यराति पौने १ बजे हुनेछ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्